स्वास्थ्य

नीलो आँखा हुने व्यक्तिमा क्यान्सरको खतरा

नीलो आँखा हुने व्यक्तिमा क्यान्सरको खतरा

सुन्दर हुन कसलाई रहर लाग्दैन । मानिस अरु मानिसको तुलनामा ऊ धेरै सु्न्दर देखिन चाहान्छ । त्यसो त मानिसको सुन्दरता उसको आँखामा हुने गर्दछ । आँखाको बारेमा भन्नुपर्दा नीलो आँखा हुने मानिस आँखा सुन्दरताको दृष्टिकोणले अगाडि आउने गर्दछन् ।

उनीहरु नीलो आँखाका कारण अधिक सुन्दर देखिन्छन् । के तपाईको आँखा नीलो छ यदि त्यसो हो भने सावधान हुनुहोस् किनकी नीलो आँखाले सुन्दरताका साथै खतरनाक रोग पनि दिन सक्छन् ।

एक अनुसन्धानका अनुसार जो मानिसको आँखा नीलो तथा हरियो हुने गर्दछ । त्यस मानिसमा क्यान्सरको खतरा हुन सक्ने सम्भावना बढि रहेको देखाएको छ । ५० वर्ष भन्दा माथिका मानिसमा यो खतरा पाइएकोे पनि अनुसन्धानले देखाएको छ ।

मानिसमा आँखाको क्यान्सर यानकी युवियल मेलोनोमा कम पाइने गर्दछ । नीलो आँखा हुने मानिसमा यो कमी हुने हुदा खतराको संकेत मान्न सकिन्छ । तसर्थ आँखालाई धुलो धुवाबाट बचाउनु नित्तान्त आवश्यक देखिन्छ ।  

विशेष