मनोरञ्जन

‘भुवनसँग विवाह गरेको भएर घरबाटै निकालिएँ’ : सुस्मिता केसी

‘भुवनसँग विवाह गरेको भएर घरबाटै निकालिएँ’ : सुस्मिता केसी


असार २ । भुवन केसी नेपाली सिनेमा जगतमा सुपरस्टारसँगै ‘प्लेबोय हिरो’ को रुपमा पनि चिनिन्छन् । अभिनेता राजेश हमालसँग कुनै जमानामा उनको बेलाबेलामा टक्कर परिरहन्थ्यो । जीवनमा धेरै सफल फिल्म दिएका भुवनले वैवाहिक जीवन भने सफल बनाउन सकेनन् ।

एक पटक विवाह गरेर दुई बच्चाका बाबु भइसकेका भुवनसँग विवाह गरेकै कारण सुस्मितालाई घरबाट निकालिएको थियो । दार्जिलिङमा जन्मिएकी सुस्मिताले नायक अनमोल केसीलाई जन्माइसकेपछिमात्र उनलाई बाबबुआमाले स्वीकार गरेका थिए ।

फिल्म ‘करोडपति’ मा निरुता सिंहले काम गर्न नमिलेपछि सुस्मिताको जीवनले फिल्म क्षेत्रमा मोडियो । भुवनसँग विवाह गर्छु भनेपछि आमाबाबुसँग सुस्मिताको बोलचाल नै भएन । भुवन पहिला नै विवाहित भएको र केटी खेलाउने प्रवृतिको भन्ने थाहा पाएपछि सुस्मिताका बाबुआमा यो विवाह दीगो हुन सक्दैन भन्ने पक्षमा थिए ।

तर, बाबुआमाले भनेको कुरा विवाह गरेको एक वर्ष पनि नबित्दै आफूले महशुश गर्न थालेको उनी बताउँछिन् । एक अन्तर्वातामा बोल्दै उनले आफूलाई त्यतिबेला नै पछुतो भइसकेको र आमाबाबु नै ठिक थिए भन्ने महशुश भएको बताइन् । विवाह गरेको एक वर्षमा नै खटपट हुन थालेपछि सुस्मीता औसत माइती गएर बस्ने गर्थिन् । सम्बन्ध बिग्रिदै बन्दै गर्ने गथ्र्यो । तर डिभोर्स भने धेरै पछि भयो । सात आठ वर्ष अघिदेखि फिल्म ‘साथी म तिम्रो’ मा काम गरेसँगै यी दुईबीचको बोलचालमा पनि पूर्णबिराम लाग्यो ।

पत्रकारसँगको कुराकानीमा उनले आफ्नो वैवाहिक अनुभव साट्दै माया भनको मानिस सँगै भएपछि मात्र हुने र टाढा भएपछि आफँै हराउँदै जाने बताइन् ।

विशेष