मनोरञ्जन

क्रिकेटर शरदसँग विवाह गर्दै निशा

क्रिकेटर शरदसँग विवाह गर्दै निशा

असार २ । केही समयअघि नायिका प्रियंका कार्की र आयुष्मान जोशीको प्रेम सम्बन्धले नेपाली मिडियामा ठूलै स्थान पायो । यतिबेला नायिका निशा अधिकारीले क्रिकेटर शरद भेष्वाकरसँग विवाह गर्न लागेको समाचार मिडियामा छाइरहेको छ ।

एक अन्तर्वातामा शरदसँगको सम्बन्धबारे बोल्दै निशाले एकपटक शरदसँग ब्रेक अप भएको बताएकी थिइन् । तर, निशालाई भेट्न शरद सुटिङ स्थलमै जाने गरेका खबरहरु पनि बाहिरिएका छन् । निशा र शरदले यही असारको दोस्रो साता विवाह गर्न लागेको खबर बाहिरिएको छ ।

विशेष