समाज

एसईई पूरक साउन १९ देखि, २ विषयमा परीक्षा नदिएका पनि सहभागी हुन पाउने

एसईई पूरक साउन १९ देखि, २ विषयमा परीक्षा नदिएका पनि सहभागी हुन पाउने

असार – २ । माध्यामिक शिक्षा परीक्षा(एसईई) कक्षा १० को पुरक परीक्षा साउन १९ देखि २६ सम्म सञ्चालन हुने भएको छ । एसईई परीक्षाको परीक्षाफल शुक्रबार (आज) सार्वजनिक भएसँगै परीक्षा नियन्त्रण कार्यालयले सो निर्णय गरेको हो ।

एसईईको नतिजामा ‘सी’ र त्योभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थी पूरक परीक्षामा दिन पाउँछन् । गतवर्ष भने दुई विषयमा ‘डी’ र ‘ई’ ग्रेड ल्याउने विद्यार्थीले मात्रै पूरक परीक्षा दिन पाउने व्यवस्था गरिएको थियो ।

गत वर्षको व्यवस्थालाई परिवर्तन गर्दै दुई विषयको परीक्षा नदिएको विद्यार्थीले पनि पूरक परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको परीक्षा नियन्त्रक अम्बीकाप्रसाद रेग्मीले जानकारी दिए ।

तालिका

१९ साउनः अनिवार्य अङ्ग्रेजी
२० साउनः अनिवार्य नेपाली
२१ साउनः अनिवार्य गणित
२२ साउनः अनिवार्य विज्ञान
२३ साउनः अनिवार्य सामाजिक शिक्षा
२४ साउनः अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा
२५ साउनः ऐच्छिक प्रथमपत्रका सबै विषय
२६ साउनः ऐच्छिक द्वितीयपत्रका सबै विषय

विशेष