जिप र बस ठोकिदा १ महिलाको मृत्यु, ३ घाइते

असार - २ । रुपन्देहीको सैनामैना नगरपालिका -६ कलौनीमा जिप र बस आपसमा ठोकिदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा जिपमा सवार रुपन्देही कंचन गाउँपालिका - १ की ६० वर्षीया गंगा परियार रहेकी छिन् ।
गम्भीर घाइते भएकी उनको लम्बिनी अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । लु १ ख ७१ ८४ नम्बरको बस र लु १ ज २९१ नम्बरको जिप आज बिहान साढे ९ बजे, आपसमा ठोकिएका थिए । दुर्घटनामा सामान्य घाईते भएका ३ जनाको सोही अस्पतालमै उपचार भैरहेको छ ।
road accident