समाज

म्यादी प्रहरीको फेरि म्याद थप हुँदै

म्यादी प्रहरीको फेरि म्याद थप हुँदै

जेठ १८ । म्यादी प्रहरीको म्याद दोस्रोपटक थपिने भएको छ । स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि ५५ दिन सेवा अवधि तोकेर भर्ना गरिएका म्यादी प्रहरीको म्याद दोस्रो चरणको निर्वाचनका लागि भन्दै २० दिन थपिएको थियो ।

उक्त मिति सरेपछि म्यादीको म्याद पनि फेरि बढाउन लागिएको हो। निर्वाचन ओगले असरा १४ मा दोस्रो चरणको चुनाव गर्न कार्यतालिका सार्वजनिक गरिसकेको छ । गृह मन्त्रालयले यसअघि जेठ १५ मा २० दिन म्याद थपेको थियो ।

निर्वाचन कार्यतालिका पछाडि सारिएकाले म्यादी प्रहरीको म्याद पुनः थप्नुपर्ने अवस्था आएको हो । गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले म्यादी प्रहरीको म्याद थप्न मन्त्रालयअन्तरनिकाय निर्वाचन कमिटीको बैठक डाक्न लागेको जानकारी दिए । मन्त्रालयले पहिला चरणको निर्वाचनमा २२ हजार ६ सय २ म्यादी प्रहरी खटाएको थियो ।

यसपटक भने स्थानीय तहको संख्या धेरै र संवेदनशील स्थानको संख्या पनि धेरै भएको भन्दै ७० हजार म्यादी प्रहरी परिचालन गरिने भएको छ । नेपाल प्रहरीका प्रवक्ता समन्वयमा म्यादी प्रहरीको म्याद थपबारे विचार गरिने बताए ।

नेपाल प्रहरीले निर्वाचन हुने स्थानीय तहमा म्यादी प्रहरीलाई खटाइरहेको छ। खनालका अनुसार निर्वाचन आचारसंहिता कार्यान्वयनमा म्यादी प्रहरी खटिइरहेका छन्। ‘निर्वाचनको मिति पछाडि धेकेलिएसँगै म्यादी प्रहरीलाई के जिम्मेवारी दिने भन्ने निर्णय हुँदैछ’, खनालले भने ।

कान्तिपुर

विशेष