खेल

च्याम्पियन्स ट्रफीको फाइनलमा भारत र पाकिस्तान भिड्ने

च्याम्पियन्स ट्रफीको फाइनलमा भारत र पाकिस्तान भिड्ने


असार २ । आइसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा भारत र पाकिस्तान भिड्ने भएका छन् ।  दोस्रो सेमिफाइनलमा बंगलादेशलाई ९ विकेटले हराउँदै भारतले सेमिफाइनलमा स्थान बनाएको हो ।

समूह चरणमा एकै समूहमा रहेको भारतले पाकिस्तानमाथि जित हासिल गरेको थियो । बर्मिंघममा भएको सेमिफाइनलमा बंगलादेशले पहिले ब्याटिंग गर्दै ७ विकेटको नोक्सानीमा २६४ रन बनायो । तमिम इक्बालले ७०, मुस्फिकर रहिमले ६१ तथा मश्राफ मोर्टाजाले नटआउट रहँदै ३० रन बनाए । भुवनेश्वर कुमार, जसप्रिम बुमराह र केदार जाधवले २,२ विकेट लिए ।

जवाफमा भारतले फराकिलो अन्तरले फाइनलमा पुग्ने क्रममा ४०.१ ओभरमा १ विकेट गुमाएर विजयी भयो । भारतका लागि रोहित शर्माले नटआउट १२३ रन बनाए ।

कप्तान विराट कोहलीले ७८ बलमा नटआउट ९६ तथा शिखर धवनले ३४ बलमा ४६ रन जोडे । फाइनल खेल आइतबार हुनेछ ।

विशेष