मनोरञ्जन

रेखासँग जोरी खोज्न पुगे अनमोल

रेखासँग जोरी खोज्न पुगे अनमोल


असार २ । सबैभन्दा ठूलो जुँगाको लडाइँ फिल्म क्षेत्रमा हुने गर्दछ । स्टारडमको तुजुक देखाउनकै लागि भए पनि आपसी भिडन्त स्वीकार्य हुन्छ ।

एकाध वर्षयता अनमोल केसीले आफ्नो स्टारभ्यालु ह्वातै बढाए । वर्षमा एउटाका दरले फिल्म दिइरहका अनमोलको फिल्म हेर्न केही नभए पनि रिलिज विकेन्डमा दर्शकको आइरो नै लाग्न थालेको छ । र उनी आफ्ना फ्यानलाई निराश नबनाउन राम्रा स्क्रिप्ट मात्रै चुज गरेर फिल्म खेल्नुपर्छ भन्नेमा केही सजग पनि छन् ।

युवतीहरु पनि युवक भन्दा कम छैनन् है भन्ने सन्देश रेशा थापाले फिल्मबाटै दिइन । पुरुष कलाकारले नै नायकत्व पस्किरहेको स्वदेशी फिल्मा रेखाले त्यो नायकत्वको हेजेमोनी तोडिन र आफ्ना फिल्मका नायक आफै बनेर हलमा दर्शकको ताली र वाहवाही पाइन ।

रेखाको रुद्रप्रिया आगामी तिहारमा रिलिज हुन लागेको छ । त्यस्तै अनमोलको क्रि पनि तिहारमा आउने भएको छ । दिदीभाइको पर्व मानिने तिहारमा दिदीभाइ समान रेखा र अनमोल भने जुँगाको लडाइँमा हुनेछन् ।

 

विशेष