मनोरञ्जन

छोरीको बलिउड डेब्युबाट खुशी छैनन सैफ, जान्नुहोस् किन ?

छोरीको बलिउड डेब्युबाट खुशी छैनन सैफ, जान्नुहोस् किन ?

असार ३ ।बलिउडमा धेरैजसो अभिनेताले आफ्ना छोरा छोरीलाई फिल्ममा डेब्यू गराइरहेको समयमा अभिनेता सैफ अली खान भने छोरीले बलिउडमा डेब्यू गरेको खबरले दुखी भएको खुलाशा भएको छ ।

सैफ अली खान र उनकी पहिलो पत्नी अमृता सिंहकी छोरी सारा अली खान चाँडै नै फिल्म ‘केदारनाथ’ बाट बलिउडमा डेब्यु गर्दै छिन् । तर सैफ भने यस खबरले कत्ति पनि खुशी छैनन् ।

एक अन्तर्वातामा सैफले साराले न्यू योर्कमा अध्ययन गरेको र उनलाई यो करियर खाँचो नभएको बताएका छन् । उनले न्यु योर्कमै रहेर काम गर्नुपर्ने बताउँदै उनले यो पेशा द्वीगो नहुने र सबैजना यो पेशामा डरले बाँचिरहेका कारण साराले यो प्रोफेसन छान्न नहुने बताएका छन् । यसका साथै यस पेशामा जति नै राम्रो काम गरेपनि सफलता मिल्ने ग्यारेन्टी नभएको पनि उनले जिकिर गरेका छन् ।

साराको पहिलो डेब्यू फिल्म ‘केदारनाथ’ लाई अभिषेक कपूरले निर्देशन गदैछन् । फिल्ममा सारासँग सुशान्त सिंह राजपूतले हिरोको भूमिका निभाउने बताइएको छ ।

saif ali khan

विशेष