मनोरञ्जन

विवाहपछि पनि मिथुन र श्रीदेवीको चक्कर

विवाहपछि पनि मिथुन र श्रीदेवीको चक्कर

असार ३ । फिल्मी दुनियाँ बडो गज्जबको मानिन्छ । यसै दुनियाँका मानिसहरुले एक अर्काबीच बनाउने सम्बन्धकै कारण समाजमा फिल्मी दुनियाँबारे अनगिन्ती टिप्प्णीहरु हुने गर्छन् । त्यस्तै बलिउड अभिनेता मिथुन चक्रवर्तीले पनि विवाहपछि हिरोइनसँग चक्कर चलाउँदा ठूलै सास्ती भोगनु परेको थियो ।

आज मिथुनको ६७ औ जन्मदिन हो । मिथुनले सन् १९७९ मा अभिनेत्री योगिता बालीसँग विवाह गरेका थिए । तर, विवाह पछि पनि उनको अभिनेत्री श्रीदेवीसँग अफेयर चलिरहेको थियो । जब यो खबर योगिताले थाहा पाइन्, उनले आप्mनो ज्यान नै दिने कोशिशसमेत गरेकी थिइन् ।

रिपोर्टअनुसार सन् १९८४ मा आएको फिल्म ‘जाग उठा इन्सान’ को सुटिङको समयमा यी दुईबीचको सामीप्यता बढेदै गयो । दुवैले लुकीछुपी विवाह पनि गरे भन्ने हल्ला पनि मिडियामा छाएको थियो । एक म्यागजीनमा दुबैको विवाहको सर्टिफीकेट पनि छापिएपछि मिथुनले पनि यो कुरालाई स्वीकारेका थिए । मिथुनको विवाह भइसकेको भएपनि यी दुवै एक गम्भीर प्रेममा रहँदै आएका थिए ।

दुईबीचको प्रेम बाक्लीदैँ गएपछि मिथुनकी श्रीमती उनलाई सम्झाउन थालिन् । तर, मिथुनले योगिताको कुरा मानेनन् । त्यसपछि योगिताले मिथुनलाई श्रीदेवीसँग नाता नतोडेमा आफू पनि मर्ने बताइन् ।

जति गर्दा पनि नलागेपछि योगिताले औषधीको ओभर डोज लिइन् । त्यसपछि उनलाई बचाइएको थियो । त्यसपछि श्रीदेवीलाई पनि आफ्नो गल्ती महशुश भयो र यी दुवै अलग्गिएका थिए । मिथुन त्यसपछि फेरि आफ्नी पत्नी योगितासँगै फर्किए । मिथुनसँग सम्बन्ध तोडेपछि श्रीदेवीको अफेयर बोनी कपूरसँग भयो । उनले सन् १९९६ मा आफू भन्दा ८ वर्ष जेठा बोनी कपूरसँग गरेकी थिइन् ।

विशेष