मनोरञ्जन

अाफू अभिनित म्यूजिक भिडियो सार्वजनिक गरेर जन्मदिन मनाए रंगकर्मी पोखरेलले

अाफू अभिनित म्यूजिक भिडियो सार्वजनिक गरेर जन्मदिन मनाए रंगकर्मी पोखरेलले

असार - ३ । वरिस्ठ रंगकर्मी सुनिल पोखरेलले जन्म दिनको अवसर पारेर उनीद्वारा अभिनित “चिठीको जमाना” म्यूजिक भिडियो सार्बजनिक गरिएको छ ।आफ्नै होनहार चेलाहरुको विशेष अनुरोधमा करिब २ बर्षपछिको अन्तरालमा उनी आफैँ अभिनित यस भिडियोको निर्माण कार्य सम्पन्न भएको हो ।

पहिला पहिलाको जमानामा चिठ्ठी चपेटाको कती महत्व थियो । आफ्ना सारा तन मनका प्रेम, खुशी, व्यथा अनि वेदनाका कुराहरु चिठ्ठी कै माध्यम मार्फत पोखिन्थे, माया साटिन्थे, गाँसिन्थे तर अहिले इमेल इन्टरनेटको जमाना छ। त्यसैले त “चिठीको जमाना” गएछ भन्ने यस म्यूजिक भिडियोको मूल मर्म रहेको छ । अहिले र उहिलेलाई चिठी र इमेल इन्टरनेटलाई दाँजेर ज्ञात गराउँन खोजिएको छ ।यसरी रंगकर्मी पोखरेल अभिनित भिडियोलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् भने अर्जुन तिवारीको सिनेमाटोग्राफी रहेको छ।

यस्तैगरी निशान घिमिरेको सम्पादन रहेको भिडियोमा सागर राईको शब्द संगीत र सुमधुर स्वरमा सजिएको “चिठीको जमाना” गीतमा रंगकर्मी नायक सुनिल पोखरेलसंगै अहिलेकी चर्चित मोडेल एलिशा राई र राज न्यौपानेको चखिलो अभिनय देख्न पाइन्छ ।

रंगकर्मी पोखरेल म्यूजिक भिडियोमा यसैपनि कम देखा पर्ने गर्दछन् । अहिलेका अत्यन्तै जल्दावल्दा कलाकार एलिशा राई, राज न्यौपाने र निर्देशक विशाल भण्डारीका गुरु हुन् वरिष्ठ रंगकर्मी पोखरेल। भिडियोको छायांकनस्थल भने स्टुडियो अनामनगरको एक स्टुडियो  र कपनस्थित एक स्कुलका आसपासलाई केन्द्रविन्दु बनाइएको छ।

विशेष