यस कारण माओवादी केन्द्र
हुम सुनारी मगर
०४४ सालमा कम्युनिष्ट स्कुलिङ् लिएँ। त्यतिबेला जम्मा १४ बर्षको थिएँ। पाल्पाको तत्कालिन रम्भा माध्यमिक विद्यालयमा ८ कक्षामा पढ्दै थिएँ । पछिल्लो समयमा नेपाली राजनीतिलाई धेरै नजिकबाट अध्ययन गर्दै आइरहेको छु। पञ्चायत काल भएकोले भूमिगत भएर राजनीतिक प्रशिक्षण लिने गरिन्थ्यो, ०४६ अघि । मैले साम्यवाद ९कम्युनिजम० लाई आत्मसात गरेँ। जसले हरेक प्रकारका विभेदहरूलाई अन्त्य गरेर सबै नेपाली जनताले समान अधिकार र हैसियत प्राप्त गर्नेछन्, भन्ने मैले कम्युनिजमको दर्शनमा बुझेको थिएँ ।
स्व। मदन भण्डारीलाई मैले प्रत्यक्ष नदेखे पनि उनले विभेदै विभेदपूर्ण नेपाली समाजको अन्त्य र सिङ्गो राष्ट्रको समृद्धिको लागि गरिएको भाषण टेपरिकर्डर मार्फत सुन्ने मौका मिलेको थियो। निरङ्कुश तानाशाही व्यवस्थाको अन्त्य र गणतन्त्रको स्थापना, सदियौंदेखि लैङ्गिक, भाषिक, धार्मिक र साँस्कृतिक विभेदको अन्त्यका लागि पहिचान सहितको संघीय व्यवस्था, सबै धर्ममा आश्था राख्ने आम नेपाली जनताको भावनालाई समेट्ने गरि धर्मनिरपेक्षताको प्रत्याभूत र सबै समूदायलाई समान अधिकारका लागि समानुपातिक समावेशीताको व्यवस्था राज्यले ग्यारन्टी गर्नुपर्छ। त्यसले मात्र देशमा स्थायी शान्ति हुने र स्थायी शान्ति कायम भए पछि मात्र नेपाल समृद्धितिर उन्मूख हुनेछ भनेर स्व मदन भण्डारीले ०४४ ताका नै भाषण गरेको कुरा मेरो मस्तिष्कमा अहिलेसम्म ताजै छ।
गरिब सर्बहारा वर्ग र निमुखा जनताको पक्षमा कम्यनिष्ट पार्टी रहेकोले यसले अनुशरण गरेको साम्यवादी दर्शनलाई मैले बिना सर्त स्वीकारेको थिएँ। माध्यमिक विद्यालयदेखि क्याम्पस पढ्दासम्म विद्यार्थी संगठन अनेरास्ववियु (पाचौं) मा सक्रिय भूमिका निभाएँ। ०४८ देखि ०५१ सम्मको संसदीय र स्थानीय चुनावमा मेरो क्षेमताले भ्याएसम्म योगदान दिएँ। ०५१ को संसदीय चुनावमा पाल्पाको तीन वटै निर्वाचन क्षेत्रमा एमालेको लालकिल्ला बनाउँनमा मेरो पनि केहि न केहि योगदान पक्कै थियो भन्ने दावी गर्छु।
दुर्भाग्य मदन भण्डारीको दासढुंगा दुर्घटनामा मृत्यु भयो। मदन भण्डारीको मृत्यु पछि पार्टीको नेतृत्व सम्हालेका तत्कालिन महासचिव माधव कुमार नेपाल र उनका सहकर्मीहरूले पार्टी भित्र एक जातीय एकाधिकारवाद अथवा नश्लवाद लादेको प्रष्ट देखिन थाल्यो। पार्टीले अवलम्बन गरेको साम्यवादी दर्शन र तिनले उठाएका राजनीतिक एजेण्डाहरू पार्टीको विधान र घोषणा पत्रमा मात्र सिमित भए। गणतन्त्रको वकालत गरेको पार्टीले ज्ञानेन्द्रलाई दाम चढाएर प्रधानमन्त्री हुनका लागि बिन्ती बिसायो। सर्वहारा बर्ग भनिएको पार्टीका नेतृत्वहरू काठमाडौँमा विलासिता जीवन बिताउन थाले, आदि ।
०५५ मा एमाले पार्टी फुट्यो। लगत्तै मैले पनि एमाले पार्टी परित्याग गरेँ। बामदेव गौतमले नेतृत्व गरेको नेकपा (माले) सर्वहारा बर्गको पक्षमा र जातीय मुक्तिको पक्षमा छ भन्ने मलाई भ्रम पर्यो। त्यसमै केहि समय सक्रिय भूमिका निभाएँ। त्यतिबेला हिमाल शर्मा र रामकुमारी झाँक्री पनि मालेको विद्यार्थी संगठनमा सक्रिय थिए। मालेको विद्यार्थी संगठन केन्द्रीय समितिले चालेको चुनावी अभियानमा म पनि एक सदस्यको रूपमा क्रियाशील थिएँ। ०५६ सालको वैशाखमा संसदीय चुनाव हुँदै थियो। मालेले चालेको चुनावी अभियान पनि मलाई ठिक लागेनं। चुनावी घोषणा पत्र र नेताका भाषणमा मात्र क्रान्ति र परिवर्तनका कुरा देखियो। तर, व्यवहारमा त्यो मैले पटक्कै देखिनं। चुनाव प्रचार प्रसारको अभियान हुँदै गर्दा बीचमै छाडेर हिडें। र, ०५६ को संसदीय चुनाव पनि बहिस्कार गरेँ।
तत्कालिन नेकपा (माओवादी) ले ससस्त्र संघर्ष गर्दै थियो, ०५२ साल देखि। निरङ्कुश तानाशाही राजतन्त्र समाप्त पार्ने लगायत जनवादी गणतन्त्र स्थापना गरेर सबै नेपालीहरूलाई समान अधिकारको प्रत्याभूत गर्ने प्रमुख उदेश्यका साथ माओवादीले ससस्त्र विद्रोहको बाटो अवलम्बन गरेको थियो । परिवर्तनका लागि यो आवश्यकता थियो भन्ने मैले पनि महसुश त्यतिबेलै गरिसकेको थिएँ। माओवादी ससस्त्र विद्रोहको मोर्चामा म सहभागी हुने सोच नबनाएको पनि होइन। त्यतिबेला म माओवादी विद्रोहमा सहभागी हुने या प्रवासीने, यी दुई विकल्प थिए। तर, पारिवारिक कारणवस म त्यतिबेला प्रवासीनु पर्ने वाध्यता पर्यो र म प्रवासिएँ ।
०५७ सालको पौषमा म वैदेशिक रोजगारको लागि साउदी अरेवीया आएँ। वैदेशिक रोजगारको अलावा ५ बर्ष ६ महिनासम्म स्वदेश नफर्कीएर करियर बनाउँनेतिर लागे। सोहि अवधिमा पुरै ३ बर्ष लगाएर करेस्पोण्डिङ माध्यमद्वारा बेलायतको मन्चेस्टरमा अवस्थित एक शैक्षिक संस्थानबाट बजार व्यवस्थापन बिषयमा ग्र्याजुयशन गरेँ। व्यक्तिगत रूपमा मैले आफूलाई सक्षेम र योग्य त बनाएँ। तर, नेपालमा चलिरहेको कम्युनिष्ट क्रान्तिमा मैले चाहेर पनि योगदान दिन नसकेकोमा म अझै पनि दुस्खी छु ।
१२ बुँदे सम्झौता, ०६२/६३ को ऐतिहासिक जनआन्दोलन, त्यस पछिका २ पटक भएका संविधान सभाको चुनाव, त्यसबाट प्राप्त भएका आंशिक परिवर्तन र उपलब्धिहरू (जुन नयाँ संविधानमा उल्लेख गरिएका छन्) लाई कार्यन्वयन गर्न भर्खरै सम्पन्न पहिलो चरणको स्थानीय निकायको चुनाव प्रति म लगायत देशमा परिवर्तन चाहने अधिकांश नेपाली जनताहरू सकारात्मक छन् भन्ने मलाई लागेको छ ।
म विगत केहि बर्षदेखि नेपाल आदिवासी जनजाति आन्दोलनमा आवद्ध छु। देश कै कुल जनसंख्याको झन्डै ३८ परिशत जनसंख्या रहेको नेपालको सबै भन्दा ठुलो समुदाय २५० बर्षदेखिको निरङ्कुश तानाशाही एकात्मक राज्यसत्ताबाट भाषिक, धार्मिक, सामाजिक र सांस्कृतिक रूपमा विभेदमा पारिंदै आइरहेको कुरा सर्बविधितै छ। यसको समाधानका लागि देश कै प्रमुख ठुला दल काँग्रेस र एमाले सकारात्मक नेदेखिएको जग जाहेर छ। माओवादी केन्द्र सुरूदेखि नै यसको समाधानको पक्षमा देखिएकै हो।
माओवादीले पहिलो संविधान सभाको चुनावमा भन्दा गणितीय हिसाबले केहि थोरै मत पाए पनि माओवादी कै राजनीतिक दर्शन, नीति र एजेण्डामा आज सिङ्ग्रो देश अगाडी बढेको छ।
त्यसैले, अबको स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा जसको नीति उसैको नेतृत्व भन्ने सिद्धान्तलाई आत्मसात गर्दै माओवादी केन्द्रलाई मतदान गर्न म सबै महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछु। यस कारण पनि आम जनताले माओवादी केन्द्रलाई मतदान गर्नुपर्छ।
१ निरङ्कुश राजतन्त्रलाई समाप्त पारेर गणतन्त्र स्थापना गर्न प्रमुख भूमिका खेल्यो।
२ सिंहदरबारमा सिमित केन्द्रीकृत एकात्मक राज्यब्यबस्थालाई समाप्त पारेर सङ्घात्मक व्यवस्था स्थापित गर्यो। जसबाट सर्वसाधारण जनताले हिजो सिंहदरबारबाट प्राप्त गर्ने अधिकार आज गाउँ-गाउँबाट पाउँने व्यवस्था भएको छ।
३ सबैका धर्मलाई समान रूपमा सम्मान र संरक्षण गर्ने उदेश्यका साथ मुलुकमा धर्मनिरपेक्षता कायम गर्यो।
४ एकाधिकारवाद तोडेर सबै जातजातिलाई समान अधिकारको प्रत्याभूत गराउँने उदेश्यका साथ जनसंख्याको आधारमा समानुपातिक समावेशीताको प्रत्याभूत गरेको छ।
५ लैङ्गिक विभेदको अन्त्य गर्दै महिला राष्ट्रप्रमुख र महिला सभामुख बनाउँन विशेष भूमिका खेल्यो। र, स्थानीय तहसम्म ४० प्रतिशत भन्दा बढी अनिवार्य महिला जनप्रतिनिधी जनताद्वारा चुनिने व्यवस्थाको सुत्रपात गर्यो।
६ उत्पीडनमा पारिँदै आइरहेको नेपालको एक प्रमुख जनजाति समुदाय मगर जातिबाट सम्मानित पद उपराष्ट्रपति र मगरबाट नै सभामुख बन्ने अवसर दिलायो।
७ उत्पीडित मगर जाति कै एक योग्य र दक्ष व्यक्तित्व प्राध्यापक डा। केशरजंग बराल मगरलाई पोखरा विश्वविद्यालयको उपकुलपति जस्तो उच्च पदमा रहेर काम गर्ने अवसर दिलायो।
८ अधिकारका लागि बोल्नसम्म डराउने समुदायलाई समान अधिकारका लागि डटेर बोल्न सक्ने बनायो ।
९ सदियौंदेखि हरेक क्षेत्रबाट दमनमा पारिदै आइरहेको दलित समूदायलाई स्थानीय तहमा अनिबार्य प्रतिनिधित्व हुने व्यवस्था कायम गरायो।
१० बर्षौंदेखि अन्धकारमा रहेको नेपाललाई लोडसेडिङ मुक्त गराउन विशेष भूमिका खेल्यो, आदि ।
हुम सुनारी मगर
पाल्पा, हाल साउदी अरेवीया