इतिहासमा आज

जुन १ अर्थात राजदरबारमा नरसंहार

जुन १ अर्थात राजदरबारमा नरसंहार


नारायणहिटी दरबार हत्याकाण्ड भएको १६ वर्ष पुरा भएको छ । १६ वर्ष सन २००१ जुन १ तारिख अर्थात आजैका दिन स्वर्गीय राजा विरेन्द्र शाहको वंशनाश भएको थियो । तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुनेगरी राजपरिवारका १० जनाको हत्या भएको थियो ।

हत्यामा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरू श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको हत्या भएको थियो । घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए ।

हत्याको अझै यथार्थ र सर्वसाधारणले चित्त बुझाउने खालको छानबिन भएको छैन । दरबार हत्याकाण्ड भएको १६ वर्ष बितेपनि घटना रहस्य नै छ । आजको दिनलाई नेपालको इतिहासको एक कहालीलाग्दो दिनका रुपमा समेत लिइन्छ ।

मजबुत सुरक्षा घेराभित्र अत्यन्त शक्तिशालि राजपरिवारको वंशनाश भएको घटनाका बारेमा अझै स्वतन्त्र रुपमा छानबिन हुन सकेको छैन। तत्कालिन राजा ज्ञानेन्द्रको निर्देशनमा गठित उच्चस्तरीय छानबीन् समितिले घटनाका बारेमा प्रतिबेदन तयार गरेपनि सो प्रतिवेदनका बारेमा चौतर्फी आशंका व्यक्त भएका थिए ।
तत्कालिन प्रध्यानन्यायाधीशको संयोजकत्वमा सभामुखसमेत रहेको उच्चस्तरिय छानबीन समितिको प्रतिवेदनले घटनाको विवरणमात्र प्रस्तुत गरेको थियो । तत्कालिन सभामुख तारानाथ रानाभाटले प्रतिवेदन सार्वजनिक गर्दा गरेको फितलो प्रस्तुतिका कारण सो प्रतिवेदन आफैं हास्यास्पद बनेको थियो ।
प्रतिवेदनमा हत्या तत्कालिन युवराज दिपेन्द्रले हत्या गरेको देखाइएको छ ।

Late King Birendra

विशेष