मनोरञ्जन

आयुष्मान र प्रियंकाको अवार्ड वितरणमा मस्ती

आयुष्मान र प्रियंकाको अवार्ड वितरणमा मस्ती


असार ४ । यसवर्ष उत्कृष्ट नवअभिनेता, नवअभिनेत्रीको अवार्ड चपली हाइट २’बाट आयुष्मान देशराज श्रेष्ठ जोशी र सृष्टि श्रेष्ठले ‘गाजलु’बाट जिते । सृष्टि पनि अवार्ड समारोहमा अनुपस्थित रहिन् ।

पछिल्लो समय प्रेम सम्बन्धमा रहेका आयुष्मान र प्रियंकाका लागि अवार्ड समारोह मिडियाको ध्यान तान्ने राम्रै खुराक बनिदियो ।

आमासँगै अवार्ड समारोहमा आएकी प्रियंकासँगै आयुष्मान पनि भाइ आशिरमान र आमा रवीनासँगै एकै पंक्तिमा बसेका थिए । नवअभिनेतामा आयुष्मानको नाम सम्बोधन हुनेबित्तिकै आयुष्मान–प्रियंकाको जोडीले खुलेर माया दर्शाए । अवार्ड थापेपछि स्टेजबाटै उनले भाइ, आमालाई मात्रै सम्झिएनन, मेरो गर्लफ्रेन्ड र ममी भन्दै प्रियंका र उनकी आमालाई पनि सम्बोधन गर्दा प्रियंका दंग थिइन् ।

त्यसपछि अवार्ड लिएर आएका आयुष्मानले अंकमाल गर्न आएकी प्रियंकालाई जुरुक्कै उचालेर ओंठमा चुम्न भ्याए । चुम्माचाटीको उक्त सिलसिला प्रियंकाले अभिनेत्रीको अवार्ड पाउँदा पनि दोहोरियो ।

फिल्म ‘पुरानो डुंगा’ले पटकथाका लागि रामबाबु गुरुङ र उपेन्द्र सुब्बालाई अवार्ड जिताउँदा सोही फिल्मबाट माओत्से गुरुङ र मेनुका प्रधानले पनि सहअभिनेता र सहअभिनेत्रीको अवार्ड हात पारे ।

 

विशेष