भाषण कला र व्यक्तित्व बिकासको लागि भागिरथ
असार–४ । नेपालमा नेता बन्ने राजनीतिमा आफ्नो भबिष्य बनाउने र राष्ट्र प्रेममा लाग्न चाहनेहरुको भिड छ । राजनीतिमा लाग्न चाहनेहरुले आफ्नो व्यक्तित्व बिकास गर्नु अत्यन्तै जरुरी छ । नेताहरुले भाषण गरेको सुन्न भिड लाग्छ त्यो भिडलाई कसरी आफ्नो पक्षमा पर्ने र धेरै भन्दा धेरै कसरी राम्रो बोल्ने भन्ने वक्ताले ध्यान पुर्याउन आवश्यक हुन्छ । पहिले भाषण सम्बन्धी तालिम लिने ठाउँ पाइन्न थियो ।
आजकल धेरै ठाउँंमा भाषण सिकाउने ठाउंँहरु खुलेका छन् र सिक्ने मान्छेहरुको पनि भिड नै लाग्न थालेको छ । करिब १६ बर्षदेखि मिडियामा काम गर्दै र विभिन्न तालिमहरु संचालन गर्दै आइरहेका व्यक्ति हुन् भागिरथ पोखरेल उनले हालसम्म करिब २० हजार जनालाइ तालिम प्रदान गरिसकेका छन् ।
अहिले उनी भाषण कला र व्यक्तित्व बिकास सम्बन्धी तालिम दिन व्यस्त छन् । बागबजारमा रहेको उनको इन्स्टिच्युटमा बिद्यार्थीहरुको लाइन नै लाग्ने गर्दछ । पुराना र अनुभवी भईकन बिद्यार्थीहरुको चाहना अनुसारको प्रशिक्षण दिन सक्ने खुबी उनमा रहेको छ ।