मनोरञ्जन

दिपिकाको हट फोटोसुटले भन्सालीलाई तनाव

दिपिकाको हट फोटोसुटले भन्सालीलाई तनाव

असार ४ । एक पटक फेरि पनि बलिउड निर्देशक सञ्जय लीला भन्साली चर्चामा आएका छन् । कारण, फिल्म ‘पद्मावती’ की हिरोइन दिपिका पादुकोणको हट र बोल्ड फोटो सुटले भन्साली निराश भएका हुन् ।

फिल्म ‘पद्मावती’ घोषणा गरेको दिनबाट नै अनेकौँ विवादमा फसेको थियो । त्यसमाथि पनि फिल्मको सुटिङ क्षत्रमा आगलागि हुने र भन्सालीमाथि कुटपिट भएका घटनाले आगोमा घ्यू थपेको थियो ।

बलिउडको चर्चित म्यागजिनको कभरको लागि गरिएको फोटो सुटमा दिपिका बोल्ड अवतारमा देखिएपछि फिल्म ‘पद्मावती’ को भूमिकामा केही नराम्रो असर पर्ने कौतुहुलताले भन्साली यति बेला तनावमा परेको भारतीय मिडियाले जनाएका छन् ।

फिल्ममा दिपिकासँगै अभिनेता रणभीर कपूर र शाहिद कपूरको पनि मुख्य भूमिका रहेको छ ।

sanjay leela and deepika

विशेष