मुख्य समाचार

यती कार्पेटमा पुनः आगलागी  

यती कार्पेटमा पुनः आगलागी   

 

असार ४ । यती कार्पेट कारखानामा पुनः आगलागी भएको छ ।

भक्तपुर नगरपालिका–२, इँट्टापाकेस्थित सो कारखानामा गए राति ११ बजे लागेको आगो आज बिहान ८ बजे नियन्त्रणमा आए पनि अपराह्न १ बजे पुनः आगलागी भएको हो ।

पुनः लागेको आगोले कारखानासँगै रहेको कृष्णराम पाँटीको तीनतले घरमा समेत क्षति पुगेको छ । अपराह्नको आगो आधा घन्टापछि जुद्ध वारुणयन्त्र भक्तपुरका दुई दमकल र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको एक ट्यांकरको सहायताले नियन्त्रणमा लिइएको थियो ।  

yeti carpet

विशेष