मुख्य समाचार

रेणुलाई अश्लील शब्दमा गाली गर्नेलाई कार्वाहीकाे माग

रेणुलाई अश्लील शब्दमा गाली गर्नेलाई कार्वाहीकाे माग

असार ४ । माओवादी केन्द्रको अखिल नेपाल महिला संघ क्रान्तिकारीले विज्ञप्ति निकाली चितवन भरतपुर महानगरपालीकाकी मेयरकी उम्मेदवार रेणु दाहाललाई अश्लील शब्द प्रयोग गरी गाली गर्नेलाई कार्वाही गर्न माग गरिएको छ ।

क्रान्तिकारीकी अध्यक्ष अमृता थापाले विज्ञप्ति निकाली एमालेका तर्फबाट मेयरका उम्मेदवार बनेका देवि ज्ञवालीका छोरा निरव ज्ञवाली र एस।बी। बोहोरा नामका अर्का एक जनाले फेबुकमा अश्लील शब्द प्रयोग गरी गाली गरेको भन्दै कार्वाही गर्न माग गरेकी छन् ।

सामाजिक संजालहरुमा व्यक्तिगत गाली गलौजमा उत्रने मात्रै नभई अश्लील शब्द प्रयोग गरी सिगों महिला समुदायमाथि नै प्रहार भएको भन्दै विज्ञप्तिमा ध्यानाकर्षण भएको उल्लेख छ ।

Renu Dahal

विशेष