मनोरञ्जन

ओठ सर्जरीबारे बल्ल खोलीन् आयशाले मुख

ओठ सर्जरीबारे बल्ल खोलीन् आयशाले मुख

असार ४ । बलिउड अभिनेत्री आयशा टाकियाले ओठ सर्जरीबारे मुख खोलेकी छिन् । केही समयअघि सामाजिक सञ्जालमा उनको ओठबारे धेरै टिकाटिप्पणी भएको थियो । अन्य समयभन्दा अलि फरक किसिमको ओठ देखेपछि दर्शकहरुले उग्र रुपमा उनको आलोचना गरेका थिए ।

हालै आयशाले एक अन्तर्वातामा आफ्नो लिप सर्जरीबारे खुलेरै कुरा गरेकी छिन् । उनले सामाजिक सञ्जालमा भाइरल भएका आफ्ना उक्त तस्वीरहरु फोटोसप गरेर हालिदिएको बताएकी छिन् ।

जतिबेला ती फोटोहरु सार्वजनिक भए त्यतिबेला आफू गोवामा रहेको उनले जिकिर गरिन् । आफूले अहिलेसम्म प्लास्टिक सर्जरीबारे सोच्दै नसोचेको बताउँदै उनले त्यतिबेला ती फोटोहरु हेरेर हाँसेरै उडाएको बताइन् ।

Aayesha Takiya

विशेष