खेल

महिला च्याम्पियनसिप फुटबलमा मोरङको २१ गोल !

महिला च्याम्पियनसिप फुटबलमा  मोरङको २१ गोल !


जेठ १८ । पाल्पा र स्याङ्गजामा जारीे एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगितामा अन्तर्गत पाल्पामा बुधबार भएको पहिलो खेलमा कैलाली महिला फुटबल टिमले उदयपुर महिला फुटबल टिमलाई २–१ गोलले पराजित गरेको छ । कैलालीका लागि मनकुमारी चौधरीले ३५ र ७९ औं मिनेटमा गोल गरेकी थिईन् भने उदयपुरका लागि सृजना चेम्जोङ्गले ६३ औं मिनेटमा गोल गरेका थिईन् । दोश्रो खेलमा ताप्लेजुङ्ग महिला फुटबल टिमले सप्तरी महिला फुटबल टिमलाई १०–० गोलले पराजित गरेको छ । ताप्लेजुङ्गका लागि गिता रानाले १५, ४०+१ र ५५, अनिता बस्नेतले २२, ५७ र ६८ तथा जंगा राईले ४७, बिमला गुरुङ्गले ६८, रेखा लिम्बुले ५२ र अनुष्का शेर्पाले ६१ औं मिनेटमा गोल गरेका थिए ।

तेश्रो खेलमा सिन्धुपाल्चोक महिला फुटबल टिमले सिन्धुली महिला फुटबल टिमलाई ५–० गोलले पराजित गरेको छ । सिन्धुपाल्चोकका लागि सुस्मा तामाङ्गले २५, ५४ र ८०+२, रुबिना पहाडीले १३ तथा रजनी श्रेष्ठले ३१ औं मिनेटमा गोल गरेका थिए ।

त्यस्तै स्याङ्गजा तर्फको पहिलो खेलमा नवलपरासी महिला फुटबल टिमले ईलाम महिला फुटबल टिम लाई १–० गोलले पराजित गरेको छ । नवलपरासीका लागि हिना रानाले गोल गरेकी थिईन् ।

दोश्रो खेलमा मोरङ्ग महिला फुटबल टिमले धनुषा महिला फुटबल टिमलाई २१–० गोलले पराजित गरेको छ । मोरङ्गका लागि सुरु लिम्बूले ४,७,१३,२३,४७,५६,५९,६३,६९,७०,७८ र ८० मिनेटमा, मनमाया लिम्बूले २०, २६ र ४८ मिनेटमा, रेश्मा राईले ५३, ५६, ६७ र ७३ मिनेटमा तथा मञ्जु दोङ्गले २९ र ६५ मिनेटमा गोल गरेका थिए ।

तेश्रो खेलमा बारा महिला फुटबल टिमले बर्दिया महिला फुटबल टिमलाई ३–० गोलले पराजित गरेको छ । बाराका लागि निशा गुरुङ्ग, सबिता राना मगर र रिशुनी रुम्बाले एक एक गोल गरेका थिए ।

 

विशेष