इतिहासमा आज

६४ वर्षका भए पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

६४ वर्षका भए पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई


डा. बाबुराम भट्टराईको जन्म वि.सं. २०११ साल असार ४ गते गोरखा जिल्लाको खोप्लाङको वेलवास गाउँमा भएको हो ।

पिता भोजप्रसाद भट्टराई (१९८७– ) र आमा धर्मकुमारी भट्टराई (१९८३–२०६२) का ६ सन्तानमध्ये तेस्रो सन्तान हुन । एक दाज्यू र एक बहिनीको वाल्यकालमै मृत्यु भएको थियो भने हाल उनका एक दिदी, एक भाइ र एक बहिनी छन् ।

निम्न मध्यम वर्गीय किसान परिवारमा जन्मेर हुर्कनुभएको हो । २०२६ सालमा एस.एल.सी. दिने बेलासम्म उनलेले स्कुल जाने बाहेकको समयमा गाइबस्तुको गोठालो जाने र खेतीपातीमा बुबाआमालाई सघाउथे । । २०२६ सालको एस.एल.सी. परीक्षामा उनी बोर्ड प्रथम भए ।

२०५२ फागुन १ गतेबाट शुरु भएर २०६३ मंसिर ५ गते वृहद् शान्ति सम्झौतामा हस्ताक्षरसँगै विधिवत् समापन भएको माओवादी जनयुद्धमा डा. बाबुराम भट्टराईले वैचारिक, राजनीतिक र सांगठनिक रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । हाल उनी माओवादी केन्द्र छाडेर नयाँशक्ति नेपालका संयोजक छन् ।

 

विशेष