मनोरञ्जन

‘प्रेमगीत २’ मा यस्तो देखियो प्रदीप र अश्लेषाको केमेष्ट्री (ट्रेलरसहित)

‘प्रेमगीत २’ मा यस्तो देखियो प्रदीप र अश्लेषाको केमेष्ट्री (ट्रेलरसहित)

असार – ५ । बहुप्रतिक्षीत चलचित्र ‘प्रेमगीत २’ को ट्रेलर सार्वजनिक भएको छ । आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा बनेको ‘प्रेमगीत २’ ‘प्रेमगीत’को सिक्वल हो ।

यही १३ गतेबाट प्रदर्शनमा जाने प्रेमगीत २ मा प्रदीप खड्का र अश्लेषा ठकुरीको केमेष्ट्री देख्न सकिन्छ । ‘प्रेमगीत’ मा जस्तै उक्त चलचित्रमा प्रदीप र अश्लेषा प्रेम र गीत पात्रका रुपमा देखिने छन् । ट्रेलरमा प्रेम, भ्रमण र बदलालाई देखाइएको छ ।

सन्तोष सेन निर्मित चलचित्र ‘प्रेमगीत २’ मा रामशरण पाठकको लेखन तथा निर्देशन रहेको चलचित्रमा कल्याण सिंह, अलिस कार्की र रोहित जोन क्षेत्रीको संगीत रहेको छ । चलचित्रमा कैलाश कटुवाल, कविता रेग्मी शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाईलगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ ।

विशेष