देश

चौखावाङ्वासी तीन सातादेखि अन्धकारमा

चौखावाङ्वासी तीन सातादेखि अन्धकारमा

 

असार - ५ । रुकुमको सदरमुकाम मुसिकोट नगरपालिका–९ चौखावाङ्का स्थानीयवासी तीन सातादेखि अन्धकारमा बस्न बाध्य छन् । गत जेठ १५ गतेदेखि गाउँमा विद्युत् सेवा अवरुद्ध भएपछि त्यहाँका स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका हुन् ।

गाउँमा सडक निर्माण कार्य चलिरहेको बेला अचानक माटो खसेर विद्युत् उत्पादन केन्द्र र नहरमा पुरिएपछि विद्युत् उत्पादन बन्द भएको हो । विद्युत् गृहमा माटो भरिएर विद्युत् उत्पादन उपकरण नचलेको स्थानीयवासी भीमकुमार केसीले जानकारी दिए । सडकको माटो र ढुङ्गाले गर्दा विद्युत् गृह र नहरमा ठूलो क्षति पु¥याउनाका साथै १० वटा खम्बा भाँचिएका र ठाउँठाउँमा तार चुँडेका कारण विद्युत् उत्पादन हुन अझै केही समय लाग्ने सक्ने बताइएको छ ।

विद्युत् अवरुद्ध हुँदा त्यस गाउँका करिब ४०० भन्दा बढी घरधुरी अहिले अन्धकारमा छन् । अँध्यारोमुक्त क्षेत्र घोषणा गरिएको ठाउँमा महिनौँसम्म पनि विद्युत् मर्मतका लागि कसैले चासो नदिएको स्थानीयवासीको आरोप रहेको छ । तर विद्युत् उपभोक्ता समितिले भने मर्मतका लागि प्रविधिज्ञ बोलाई सकिएकाले अबको केही दिनमै विद्युत् सञ्चालनमा आउने बताएको छ ।

विशेष