समाज

चितवन बन्द फिर्ता

चितवन बन्द फिर्ता


जेठ १८ । भरतपुरमा रोकिएको मत गणना सुरु गर्न माग गर्दै नेकपा (एमाले) चितवनले आज बिहीबारका लागि आह्वान गरेको चितवन बन्द फिर्ता भएको छ ।

मध्यरातमा मतपत्र च्यातिएपछि गएको आइतबार रातिदेखि भरतपुरको मत गणना स्थगित छ। एमालेले तत्काल मत गणना सुरु गर्न भनेको छ भने माओवादी र काँग्रेसले मतपत्र च्यातिएको भरतपुर वडा नं. १९ मा फेरि मतदान गराउन माग गरेको छ ।

मतगणना कार्य सुरु नगरेर फेरि मतदान गराउने षड्यन्त्र हुन लागेको भन्दै एमाले चितवनले मतगणना सुरु गर्न सरकार र निर्वाचन आयोगलाई दवाव दिन भन्दै बन्द आह्वान गरेको थियो ।

सो समाचार सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालहरुमा बन्दको चर्को विरोध भएको थियो । बुधबार साँझ एमालेले नारायणगढमा मसाल जुलुसमेत निकाल्यो । तर राति ’जनभावनाको कदर गर्न’ भन्दै बन्द फिर्ता लिएको छ । बन्द बाहेकका दबाबमूलक कार्यक्रमहरु भने जारी नै राख्ने एमालेको भनाइ छ ।

विशेष