मुख्य समाचार

दोस्रो चरणको निर्वाचनमा शैक्षिक संस्थालाई ४ दिन सार्वजनिक विदा

दोस्रो चरणको निर्वाचनमा शैक्षिक संस्थालाई ४ दिन सार्वजनिक विदा

असार – ५ । दोस्रो चरणको निर्वाचनका लागि शैक्षिक संस्थाहरुलाई ४ दिन सार्वजनिक विदाको व्यवस्था मिलाउन निर्वाचन आयोगले सरकारलाई पत्रचार गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले प्रदेश नम्बर १, ५ र ७ का विद्यालयमा असार ११ असार १४ गतेसम्म ४ दिन सार्वजनिक विदा दिने व्यवस्था मिलाउन नेपाल सरकार शिक्षा मन्त्रालयलाई पत्रचार गर्ने निर्णय गरेको हो ।

अधिकाश मतदान केन्द्र सार्वजनिक एवम् संस्थागत विद्यालय वा क्याम्पसजस्ता शैक्षिक संस्थामा तोकिएको भन्दै आयोगले विदा दिन पत्रचार गर्ने निर्णय भएको आयोगले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

त्यस्तै निर्वाचन आयोगले असार १४ गते हुन लागेको दोस्रो चरणको निर्वाचनको दिन सार्वजनिक बिदा दिन गृहमन्त्रालयलाई पत्र लेख्ने निर्णय गरेको छ ।

दोस्रो चरणको स्थानीय तह निर्वाचन हुने ३ वटा प्रदेशका ३५ जिल्लामा रहेका सरकारी तथा अर्धसरकारी कार्यालयमा कार्यरत अधिकांश कर्मचारी मतदान कार्यमा परिचालित हुने भएकाले विदाको व्यवस्था गर्न सरकारलाई पत्रचार गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

विशेष