देश

जग्गाा विवादमा प्रहरी हवल्दारबाटै कुटिएपछि न्याय खाेज्दै महिला पुगिन् सदरमुकाम

दीपबहादुर घर्ती

जग्गाा विवादमा प्रहरी हवल्दारबाटै कुटिएपछि न्याय खाेज्दै महिला पुगिन् सदरमुकाम

असार - ५ । न्यायको खोजी गर्दै गाउँकी एक महिला जिल्ला सदरमुकाम खलंगा आईपुगेकी छन् । अन्यायमा परेको वताउने ति महिला न्यायको खोजी गर्दै गाउँदेखि जिल्ला सदरमुकाम आई पुगेकी हुन् । 

जग्गा सम्बन्धिको बिवाद मिलाउन भनि ईलाका प्रहरी कार्यालयवाट खटिएका प्रहरी हल्दारले आफूलाई कुटपिट गरेको आरोप लगाएर जुनीचाँदे गाउँपालिका–४ की लाला खड्का न्याय दिलाई पाउँ भन्दै जिल्ला सदरमुकाममा रहेका सरकारी कार्यालय चहारीरहेकी छन् । जग्गा सम्बन्धिको बिवादलाई लिएर मदिरा सेवन गरेका प्रहरी हल्दारले आफूलाई यही असार २ गते अमानविय रुपमा कुटपिट गरेको लाला खड्काले आरोप लगाएकी छन् ।

जग्गा सम्बन्धि छिमेकीसंगको बिवादलाई मिलाउन जग्गाधनी पुर्जा, नापी कार्यालयमा रहेको नापी नक्साका आधारमा छलफल चलाउनुको सट्टा मदिरा सेवन गरेर महिलामाथि कुटपिट गर्ने प्रहरी हल्दारलाई कारवाही हुनु पर्ने लाला खड्काले माग राखेकी छन् । देशको जन, धनको सुरक्षा गर्ने महत्वपुर्ण जिम्मेवारी पाएको नेपाल प्रहरी संगठनले मुस्कान सहितको प्रहरी सेवा, प्रहरी मेरो साथि जस्ता अत्यान्तै लोकप्रिय कार्याक्रम सञ्चालन गरेको भएता पनि उक्त संगठनमा कार्यरत प्रहरी कर्मचारीको व्यवहार राम्रो हुन नसकेको खड्काले तर्क गरेकी छन् ।

कुटाईवाट आफु निकै ठुलो अन्यायमा परेको भन्दै खड्काले न्याय दिलाइई पाउँ भनेर सोमवार जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका कार्यालयमा ठाडो निवेदन पेश गरेकी छन् । अधिकारकर्मी तथा सञ्चारकर्मीहरुलाई पनि आफुमाथि परेको अन्यायलाई नजिकवाट अध्ययन गरिदिन खड्काले अनुरोध गरेकी छन् ।

जुनीचाँदे गाउँपालिका–४ र ५ को सिमानामा पर्ने कालेखोला, सानीमेला पुरानै सिमा बिवाद रहेको त्यहाँका जानकारहरु वताउछन् । २०४३ र २०४४ सालमा भएको कालेखोला, सानीमेला नापी भएको तर, जग्गा चलनभोक नभएको हुदा हाल जग्गा चलनभोक गर्न खोज्दा बिवाद उत्पन्न हुने गरेको वताईएको छ । जुनीचाँदे गाउँपालिका–४ मा रहेको कित्ता नम्बर ५०४ र वडा नं.–५ मा रहेको कित्ता नम्बर ८४३ को जग्गा नापी नक्सा सम्बन्धि हाल बिवाद भएको थियो । ५०४ कित्ता नम्बर रहेको जग्गाका धनी जयलाल खड्का हुन भने, ८४३ कित्ता नम्बर रहेको जग्गाका धनी पुष्पराज शाही हुन् । जयलाल खड्का लाला खड्काका लोग्ने हुन् ।

विशेष