समाज

प्याराग्लाइडिङ दुर्घटनामा एक जनाको मृत्यु

प्याराग्लाइडिङ दुर्घटनामा एक जनाको मृत्यु

असार – ५ । पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा एक जनाको ज्यान गएको छ । सोमबार प्याराग्लाइडिङ दुर्घटनामा हुँदा पोखरा लेखनाथ महानगरपालिका – ३३ का २७ वर्षीय प्रभात सुवेदीको ज्यान गएको हो ।

तत्काल उद्धार गरेर उनलाई अस्पताल लैजादै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीले जानकारी दिएको छ । ब्लूस्काई प्याराग्लाइडिङबाट स्लो पाइलट रहेका सुवेदी प्याराग्लाइडिङ सिक्ने क्रममा सेफ्टी कोर्षमा सहभागी हुँदा दुर्घटनामा परेका थिए । सराङकोटबाट उडान गरेर फेवाताल किनारामा आउँदै प्याराग्लाइडिङमा जेलिएर उनी तालमा खसेका थिए ।

विशेष