मनोरञ्जन

सलमानको ‘ट्युबलाइट’ जम्मा १६३ मिनेटको

सलमानको ‘ट्युबलाइट’ जम्मा १६३ मिनेटको

असार ६ । बलिउड अभिनेता सलमान खान अभिनित फिल्म ‘ट्युबलाइट’ लाई ‘यू’ सर्टिफिकेट प्राप्त भएको छ । यो फिल्म सलमानको करियरको अहिलेसम्मकै छोटो फिल्म भएको छ ।

करिब १६३ मिनेट अर्थात २ घन्टा १६ मिनेट रहेको उक्त फिल्म सलमानको अहिलेसम्मको फिल्मी करियरकै छोटो फिल्म मानिएको छ । यसअघि सलमानका ‘सुल्तान’, ‘बजरंगी भाइजान’, ‘प्रेम रतन धन पायो’ जस्ता फिल्म २ घन्टा ४५ मिनेटदेखि ३ घन्टासम्मको हाराहारीमा थिए ।

सेन्सर बोर्डबाट फिल्म ‘ट्युबलाइट’ को एउटामात्र भाग काटिएर फिल्म लगभग फाइनल भएको हो । फिल्ममा सलमानसँगै सोहिल खान, चाइनिज अभिनेत्री जुहु जुहु र बाल कलाकार माटिन रे टांगु पनि मुख्य भूमिकामा रहेका छन् ।

‘ट्युबलाइट’ हलिउड फिल्म ‘लिटिल बोय’ को रिमेक भएको निर्देशक कबीर खानले बताउँदै आएका छन् । फिल्म यही आउँदो इद जुन २३ मा रिलिज हुने छ ।

salman khan

विशेष