मुख्य समाचार

जीप दुर्घटना १ को मृत्यु ९ घाइते

जीप दुर्घटना १ को मृत्यु ९ घाइते


असार ६ । अर्घाखाँचीमा कांग्रेसको चुनावी प्रचारमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नौ जना घाइते भएका छन ।

पाणिनी गाउँपालिका–५ मैदानबाट हिजो साँझ अमजातर्फ जाँदै गरेको श्रीनगर यातायातद्धारा सञ्चालित लु १ ज १९५८ नम्बरका जिप दुर्घटना हुँदा कांग्रेसका क्रियाशील सदस्य मैदानका २६ वर्षीय अर्जुन घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते कांग्रेस कार्यकर्ता खिमानन्द बेल्वासे, तारा पाण्डे, शेषकान्त गैरे, हुमलाल घिमिरे, यमलाल गैरे, माधव घिमिरे, सुरज घिमिरे र लिलावती घिमिरेको पाल्पा मिसन अस्पतालमा उपचार भैरहेको छ । दुर्घटना पछि चालक फरार रहेको प्रहरीले जनाएको छ ।

विशेष