मनोरञ्जन

‘खराब मानिसलाई चाहेर पनि कुट्न सकिदैँन, ती मानिसलाई म र्यापमार्फत कुट्छु’

‘खराब मानिसलाई चाहेर पनि कुट्न सकिदैँन, ती मानिसलाई म र्यापमार्फत कुट्छु’


असार ६ । गिरिस खतिवडा नेपालका चर्चित र्यापर हुन् । उनलाई अझै पनि संगीतको प्रणोता मानिन्छ ।

गिरिसका धेरै र्यापमा आक्रोश र भडास पनि पाइन्छन् । पत्रकारले उनको र्यापमा किन त्यति धेरै आक्रोश पाइन्छन् भन्ने प्रश्नमा गिरिसले समाजको कारण आफू आक्रेशित हुनुपरेको बताएका छन् । उनले भने, ‘पढेलेखेका मानिसहरु नै आइतबारदेखि शुक्रबारसम्म यहाँ बाटोमा वाइवाइको लखोल फ्याल्छन्, पान खाएर भुईमा थुक्छन् र शनिबार तिनै मानिसहरु बागमति सफा गर्न निस्किन्छन् ।

खासमा म यो समाजसँग दिनहुँ संघर्ष गर्नुपरेको छ । कतिपय खराब मानिसहरुलाई चाहेर पनि कुट्न सकिँदैन । अनि म ती मनिसहरुलाई र्यापमार्फत कुट्छु ।’

हाल गिरिस आफ्नै भ्लग अर्थात भिडियो ब्लग बनाउनले काममा व्यस्त रहँदै आएका छन् । उक्त ब्लगमार्फत गिरिसले आफ्ना फ्यानहरुसँग प्रत्यक्ष रुपमा अन्तरक्रिया गर्ने गरेका छन् ।

 शुक्रबारबाट

विशेष