मनोरञ्जन

लाइभ गरेर दर्शकलाई मेरो समाचार नपढ्नुस् भन्न सक्दिन - प्रियंका कार्की

लाइभ गरेर दर्शकलाई मेरो समाचार नपढ्नुस् भन्न सक्दिन - प्रियंका कार्की

असार ६ । नायिका प्रियंका कार्कीले एक अन्तर्वातामार्फत पत्रकारिता एकदमै अभद्र भएको र सीमा पार गरेर सामाचार लेखेकोमा आक्रोश व्यक्त गरेकी छिन् । केही दिन अघि नायक आयुष्मान देशराज जोशीले उत्कृष्ट डेब्यू अभिनेताको अवार्ड उचालेसँगै नायिका प्रियंकालाई उचालेर चुम्बन गरेपछि यसले सञ्चारमाध्यममा ठूलै तहल्का मच्चायो । 

कार्कीले यो विषयलाई लिएर त्यत्ति ठूलो कुरा बनाउनुपर्ने जरुरी नभएको बताएकी छिन् । कतिले व्यक्तिगत कुरा किन सार्वजनिक स्थलमा गरेको भनेर पनि औँला उठाए । तर, आफूहरु त्यो समय खुशी भएका कारण चुम्बनको माध्यमबाट माया साटेको उनले जिकिर गरिन् ।

तर, विभिन्न सञ्चारमाध्यमले दर्शकमाझ पुर्याउने सन्देश नै गलत भएका कारण दर्शकहरु पनि भड्कीने उनले प्रष्ट पारिन् । दर्शकले देख्दा आधा अधुरो देख्ने र कति कुरा पूर्ण रुपमा दर्शकमाझ नपुग्ने हुँदा यस्तो अवस्था आउने उनले आफ्नो मत राखिन् । सँधै आफूले दर्शकलाई सम्झाउन नसक्ने भन्दै उनले भनिन्, ‘म सँधै लाइभ गरेर मेरो समाचार नपढ्नुस् भन्न सक्दिन ।’

आफ्नो र आयुष्मानबीचको प्रेम सम्बन्धबारे बोल्दै नायिका कार्कीले आफूहरु खुशी भएकाले आप्mनै अवस्थामा छोदिदिन बताइन् । आफूहरु ‘पब्लिक फिगर’ भएको हुनाले सबैलाई आफ्नो बारेमा थाहा हुने ईच्छा भएपनि आफूहरुले सबैले बोलेको अन्याय सहनुपर्ने कुरा भने अनिवार्य नहुने उनले बताइन् । कतिले आयुष्मान र प्रियंकाको उमेरको विषय उठ्दा प्रियंकाले मायामा पर्न कुनै आइतबार आउनै नपर्ने र उमेर भनेको अंकमात्र भएको बताइन् ।

उनीहरु दुईको सम्बन्धलाई एकअर्काको परिवारमा पनि स्वीकार्य भइसकेको छ । आयुष्कानकी आमा तथा सेलिब्रेटी बैंकर रबीना देशराज श्रेष्ठले पनि प्रिंयका राम्रो र संस्कारी केटी भएको बताएकी छिन् । एक अन्तर्वातामा बोल्दै उनले आफूले प्रियंकालाई पहिला व्यवसायिक रुपमा चिनेको तर आजकाल व्यक्तिगत रुपमा चिन्दै गरेको हुँदा झनै बढि मनपर्न थालेको बताइन् । रबीनाले एउटासँग प्रेम गरेर उसैसँग विवाह गर्नुपर्छ भन्ने जरुरी आफूले नठानेको र आयुष्मानले यदि विवाह गर्छु भने पनि आफू तयार भएको उनले खुलस्त पारिन् ।

आयुष्मानसँगको विवाहबारे कुरा गर्दै प्रियंकाले आफूले विवाह र कामलाइै एउटै लेभलमा लैजान सक्ने बताउँदै अहिले विवाहको अवस्था आइ नसकेके बताइन् ।

 

विशेष