मनोरञ्जन

फिल्ममा ‘इन्टिमेट’ दृश्य दिँदा आमीरको हालत खराब भएपछि....

फिल्ममा ‘इन्टिमेट’ दृश्य दिँदा आमीरको हालत खराब भएपछि....

असार ६ । बलिउड अभिनेता आमीर खानलाई बलिउडमा उनको अभिनयले गर्दा मिस्टर पर्फेक्सनिस्ट भनिने गरिन्छ । उनले ‘दिल’, ‘इश्क’ र ‘फना’ जस्ता फिल्ममा किस सिन पनि दिइसकेका छन् ।

तर, सन् १९९५ मा आएको एक फिल्म ‘आतंक शी आतंक’ को लागि उनलाई यति बोल्ड र इन्टिमेट दृश्य दिनुपरेको थियो की उनको हालत नै खराब भएको थियो ।

यतिमात्र होइन उक्त दृश्यमा सँगै रहेकी पूजा बेदीलाई पनि त्यस समय मानसिक रुपमा तनाव भएको थियो । पूजा बेदीले उक्त दृश्यको सुटिङको दौरान हुने विभिन्न असहजताका प्रसंग एक अन्तर्वातामा साटिन् ।

उनले भनिन्, ‘फिल्मको लागि आमीर र मलाई पानीमा एक लभ मेकिङ सिन सुट गर्नु थियो । सेक्स सीनको सुटिङ गर्न त्यतिबला अनरोमान्टिक भइन्छ जब ५० जना व्यक्ति आफूलाई हेरिरहेका हुन्छन् ।’

सुटिङ पछि आमीर यति असहज महशुश गरिरहेका थिए की दुवैजना एक कोठामा गएर बसे । करिब ३० सेकेन्डसम्म उनीहरु बोलेनन् । माहोललाई सहज बनाउन आमीरले पूजालाई चेस खेल्न आग्रह गरेका थिए ।

एजेन्सी

Aamir Khan

विशेष