खेल

जर्मनीले अष्ट्रेलियालाई हरायो

जर्मनीले अष्ट्रेलियालाई हरायो

असार ६ । विश्वकप फुटबल विजेता जर्मनीले कन्फेडेरशेन कप फुटबलमा विजयी सुरुवात गरेको छ ।

रुसमा हिजाे राति भएको खेलमा जर्मनीले एसियाली च्याम्पियन अष्ट्रेलियालाई ३–२ ले हरायो ।  जर्मनीलाई विजयी गराउन जुलियन ड्राक्सलर, मार्स स्टिन्डल र लियोन गोरेत्जकाले एकरएक गोल गरे ।

अष्ट्रेलियाका टम रोगिच र टमी जुरीचले दुई गोल फर्काए । विश्व विजेता अनुभवी खेलाडीहरुको सट्टा युवा खेलाडीको टिम बनाएर कन्फेडेरेशन कपमा पठाएको जर्मनीले पहिलो खेलमै संघर्षपूर्ण जित हात पारेको हो । कन्फेडेरेशन कप फुटबलमा बुधबारबाट दोस्रो चरणका खेलहरु हुनेछन् । भोलि हुने खेलमा रुस र पोर्चुगल तथा मेक्सिको र न्युजिल्याण्ड भिड्ने छन् ।

विशेष