मनोरञ्जन

यी हुन् योगको सहाराबाट आफूलाई फिट राख्ने बलिउड कलाकार

यी हुन् योगको सहाराबाट आफूलाई फिट राख्ने बलिउड कलाकार

असार ७ । आज जुन २१ गते विश्वभर योग दिवस मनाइदै छ । विश्वका धेरै मानिसहरुजस्तै योगाले बलिउड कलाकारहरुको जीवनमा पनि विशेष भूमिका खेल्ने गरेको छ । यी हुन् १० बलिउड अभिनेत्री जसको जीवनमा योगाले धेरै महत्वपूर्ण भूमिका खेलेको बताइन्छ । योग गरेर नै करिना कपूर र मलाइका अरोराले आफ्नो तौल घटाएका थिए ।

१) मलाइका अरोरा — ४३ वर्ष पुगेर पनि मलाइका ग्लामरस देखिन्छिन् । उनको सुन्दरताको धेरै श्रेय योगालाई जाने गर्छ । २९ वर्षको उमेरमा आमा बनेपछि उनले आफ्नो वजन कम गर्नका लागि योगाको सहारा लिएकी थिइन् ।

२) करिना कपूर — अभिनेत्री करिना कपरुले पनि छोरा ताइमुरलाई जन्म दिइसकेपछि योगाको सहाराले आफ्नो तौल घटाएकी थिइन् । उनी अक्सर जिम योगा कक्षको बाहिर पनि भेटिने गर्छिन् ।

३) शिल्पा शेट्टी — शिल्पा शेट्टी योगालाई आफ्नो जिन्दगीमा खुब महत्व दिने गर्छिन् । शिल्पाले योग गुरु बाबा रामदेवसँग पनि योगामा स्टेज सेयर गरिसकेकी छिन् । यसका साथै उनले बजारमा आफ्ना कयौँ योग सिडिहरु पनि ल्याइसकेकी छिन् ।

४) दिपिका पादुकोण — दिपिका पादुकोणको जीवनमा पनि योग गर्नु दैनिक रुपमा ठूलै हिस्सा बनिसकेको छ । दिपिका आफैँले पनि एक अन्तरवार्तामा बताएकी थिइन् की जब उनी डिप्रेसनको शिकार भएकी थिइन् त्यतिबेला योगाले नै उनलाई स्वास्थ बनाएको थियो ।

५) बिपाशा बासु — बिपाशा बासु फिटनेस फ्रिक अभिनेत्रीमध्येमा गनिन्छिन् । उनी आफ्नो फिटनेसको विशेष ख्याल राख्ने गर्छिन् । त्यसकारण उनी सधैँ जिम जानुको साथै योगा पनि गर्ने गर्छिन् । शिल्पाकोजस्तै बिपाशाको पनि योगा सिकाएका कयौँ भिडियो युटुबमा पाइन्छन् ।

६) सोनम कपूर — बलिउड अभिनेत्री सोनम कपूर बलिउडमा आउनुभन्दा पहिले एकदमै मोटी थिइन् । तर, फिल्ममा डेब्यु गर्नुभन्दा पहिला उनले योगको माध्यमबाट आफ्नो वजन कम गर्न सफल भइन् । अहिले पनि उनी दैनिक रुपमा योग गर्ने गर्छिन् ।

७) ज्याक्लीन फर्नान्डेज — ज्याक्लीन पनि फिटनेसलाई निकै नै ख्याल गर्ने अभिनेत्रीमध्येमा गनिन्छिन् । उनी आफूलाई फिट राख्नका लागि जिम र योग दुवैलाई ध्यान दिने गर्छिन् ।

८) लारा दत्ता — अभिनेत्री लारा दत्ताले पनि प्रसुति पश्चात आफ्नो वजन कम गर्नका लागि योगकै साहारा लिएकी थिइन् । कति पटक उनले गर्भवती अवस्थाको र बच्चा जन्माइसकेपछि योग गर्दै गरेका फोटोहरु सामाजिक सञ्जालमा पनि सेयर गरेकी थिइन् ।

९) कंगना रनौट — कंगनाको जीवनमा पनि योगले एक अमूल्य स्थान पाइसकेको छ । एक अन्तरवार्तामा बोल्दै कंगनाले आफूले वर्कआउटसँगै योग पनि दैनिक रुपमा गर्दै आएको बताएकी थिइन् ।

१०) नर्गिस फखरी — अभिनेत्री नरगीर फखरी यस्सै पनि भारत भन्दा बाहिरकी हुन् । त्यसकारण उनलाई हिन्दी बोल्नमा समस्या पनि छ । योगाको कुरा गर्दा, योग गर्नु उनको दैनिकीजस्तै भइसकेको छ ।

yoga

विशेष