विराटसँगको विवादले भारतीय क्रिकेटका मुख्य प्रशिक्षक अनिल कुम्लेले दिए राजीनामा
असार ७ । भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक अनिल कुम्बलेले पदबाट राजीनामा दिएका छन् ।
सिनियर राष्ट्रिय टोलीका कप्तान विराट कोहलीसँग सम्बन्ध बिग्रिएपछि कुम्बलेले यसअघि नैं पदबाट राजीनामा दिने घोषणा गरिसकेका थिए । च्याम्पियन्स ट्रफी क्रिकेट सकिएलगत्तै उनले राजीनामा दिएका हुन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसिसिआईले असमझदारी हटाउने प्रयास गरेपनि कुम्बलेले पद छाड्नुलाई नैं उत्तम बिकल्प मानेका हुन् ।
पूर्व लेग स्पिनर कुम्बलेको प्रशिक्षण शैलीप्रति असन्तुष्ट कोहलीले निरन्तर आलोचना गर्दै आएका थिए । कुम्बलेको राजिनामासँगै विश्वकै सबैभन्दा धनी खेलकुद संस्था बिसिसिआईले नयाँ प्रशिक्षकको खोजी सुरु गरेको छ । भारत पाकिस्तान क्रिकेट म्याचको दौरान राष्ट्रियता विरोधी गतिविधि गरेको आरोपमा १६ जना पक्राउ परेका छन् ।
पाकिस्तानको जितमा उत्सव मनाएको र भारत विरुद्ध नारावाजी गरेको आरोपमा मध्य प्रदेशबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई राज्य बिप्लवको मुद्दा लगाईएको छ ।