मनोरञ्जन

‘विवाहै नगरी बस्ने फ्यानहरु पनि छन्’ — भुवन केसी

‘विवाहै नगरी बस्ने फ्यानहरु पनि छन्’ — भुवन केसी


असार ७ । अभिनेता भुवन केसीलाई सदाबाहर र ह्याण्सम अभिनेताको ट्याग दिइन्छ । त्यसो त भुवन धेरै युवतीहरुका ढुकढुकी पनि मानिन्छन् । प्रेममा सपल भएपनि भुवन घरबार बसाल्न र श्रीमती टिकाउन भने सफल नभएका भुवनले एक अन्रवार्तामा आफ्ना फ्यानहरुबारे कुरा गरेका छन् ।

केसीले केटीहरुले आफूलाई अत्याधिक मनपराउने बताएका छन् । ‘केही यस्ता पनि फ्यानहरु छन् जो विवाह नगरी कुरेर बसेका छ्न् ।’ उनले भने । त्यस्तैगरि दुवैले मन पराएर विवाह हुन नसकेका फ्यानहरु पनि भएको समेत उनले बताए । एक पटक त एक फ्यानले जापनिज मोटरसाइकलसमेत गिफ्ट गरेको किस्सा पनि भुवनले सुनाएका छन् ।

त्यसो त उनलाई धेरैजनासंग अफेयर चल्ने गरेका खबरहरु पनि बेलाबेलामा आउंछन् । तर, त्यस्ता आफेयरहरु भने फिल्म इन्डस्ट्रि भन्दा बाहिरैका युवतीहरुसंग हुने गरेको उनले बताए फिल्म इन्डस्ट्रिका व्यक्तिहरुलाई आफूले परिवार नै सम्झिनले गरेको उनको भनाई छ ।

यो उमेरसम्म पनि आफू यति सदाबहार हुनुको राज के होला भन्ने प्रश्नमा भुवन आफू सधैं खुशी र प्रशन्न हुने बताउंछन् । उनले भने, ‘म मान्छे रोमान्टिक छु । फिल्म पनि रोमान्टिक नै हेर्छु र गीत पनि रोमान्टिक नै सुन्छु । म उदास गीत कहिल्यै सुन्दिन ।’

विशेष