मनोरञ्जन

दिपिका हलिउड अवार्डमा मनोनयन

दिपिका हलिउड अवार्डमा मनोनयन


असार ७ । यो वर्षमात्र हलिउडमा डेब्यु गरेकी दिपिकाले पहिलो फिल्मबाटै सफलता हात पारेकी छिन् ।

केही समयअघिमात्रै उनको पहिलो हलिउड डेब्यु ट्रिपल एक्स द रिर्टन अफ जेन्डर केज) रिलिज भएको थियो । फिल्ममा एक्सन गर्लको भूमिकामा देखिएकी दिपिकाले दर्शकलाई धेरै दर्शकहरुलाई रिजाउन सफल भएकै कारण टिन चोइस अवार्डमा मनोनयन भएकी छिन् ।

हालसालै सार्वजनिक मनोनयनमा दीपिकाले ‘वन्डर वुमन’की गाल गादतसँग प्रतिस्पर्धा गर्ने छिन् । सोही विधाका लागि अन्य चार अभिनेत्री पनि मनोनयनमा छन् । जसअनुसार काया स्कोडेलारिया ‘पाइरेटस् अफ दि क्यारबियन’बाट उत्कृष्ट एक्सन लेडीको रूपमा मनोनयनमा छिन् भने माइकल रोड्रिगेज ‘फास्ट एन्ड फ्युरियस’को आठौं शृंखलाबाट मनोनयनमा परेकी छिन् ।

दीपिकाका अन्य प्रतिस्पर्धीमा निना डोबरेभ र रुबी रोज पनि छन् जो दीपिकाकै फिल्मबाट मनोनयनमा परेका हुन् ।

दिपिकाभन्दा हलिउडमा फिल्म ‘बेवाच’ बाट डेब्यु गरेकी अभिनेत्री प्रियंका चोपडा भने मनोनयन भएकी छैनन् । तर, उनका को एक्टर ड्वानी जोनसनले भने हाँस्य विधाको तीनवटा विधामा मनोनयन पाएका छन् ।

विशेष