मनोरञ्जन

आफ्नै फिल्म हेर्नको लागि जीवित नरहेका यी चर्चित बलिउड कलाकार

आफ्नै फिल्म हेर्नको लागि जीवित नरहेका यी चर्चित बलिउड कलाकार

असार ७ । जिन्दगीमा कति कामहरु आधा अधुरा नै रहन्छन् । त्यसमा पनि सबभन्दा नरमाइलो पक्ष के होला ? जब मानिसले आफूले गरेको कामको फल आफैँले भोग्न पाउँदैन त्यो नै हुन्छ उसको नरामाइलो पक्ष । संसारमा यस्ता धेरै उदाहरणीय व्यक्ति छन् जसले आफूले गरेको कामको फल चाख्न पनि नपाउँदै बिदा हुनुपर्यो । यी हुन् बलिउड चचर्चित कलाकार जसले आफ्नो अन्तिम फिल्म हेर्न पाएनन् ।

ओम पुरी — बलिउडका दक्ष अभिनेतामध्येमा गनिने ओम पुरी अभिनित फिल्म ‘ट्युबलाइट’ यही आउँदो इद २३ जुनमा रिलिज हुन गइरहेको छ । तर, आफैँले काम गरेको फिल्म हेर्नको लागि अब ओम पुरी यस संसारमा छैनन् ।

दिव्या भारती — बलिउड अभिनेत्री दिव्या भारतीको निधन ५ अप्रिल, १९९३ मा भयो । उनको मृत्यु भएको ९ महिना पछि फिल्म ‘शतरंज’ रिलिज भएको थियो ।

अमरीस पुरी — बलिउडका चर्चित खलनायक अमरीस पुरीको अन्तिम फिल्म ‘कच्ची सडक’ ८ सेप्टेम्बर, २००६ मा रिलिज भएको थियो । तर, यस फिल्म हेर्नको लाथि उनी जीवित थिएनन् । उनको निधन १२ जनवरी, २००५ मा भएको थियो ।

राजेश खन्ना — अभिनेता राजेश खन्ना अक्षय कुमारका ससुरा हुन् । अर्थात, ट्वींकल खन्नाका पिता । उनको निधन १८ जलाई, २०१२ मा भएको थियो । जब की उनको अन्तिम फिल्म ‘रियासत’ १८ जुलाई, २०१४ मा भयो ।

विशेष