स्वास्थ्य

पतञ्जलीका ६ वटा औषधि गुणस्तरहिन, फिर्ता गर्न सरकारको आदेश

पतञ्जलीका ६ वटा औषधि गुणस्तरहिन, फिर्ता गर्न सरकारको आदेश

असार – ७ । सरकारले पतञ्जलीका छ वटा औषधिलाई गुणस्तरहिन बताउँदै तुरन्त फिता लिन आदेश दिएको छ । बाबा रामदेवको दिव्य फार्मेसी, उत्तराखण्ड, भारतबाट उत्पादित र पतञ्जली आयुर्वेद केन्द्रबाट विक्रि वितरण हुने ६ वटा औषधि बजारबाट फिर्ता लिन आदेश दिएको हो ।

सरकारको औषधि व्यवस्था विभाग(डीडीए)ले आवला चुर्ण, दिव्य गैसहर चुर्ण, बकुची चुर्ण, त्रिफला चुर्ण, अश्वगन्धा चुर्ण र अदिव्य चुर्ण गुणस्तरहिन भएको भेटिएको छ । यी औषधि माइक्रोवियल परीक्षणमा सफल नभएको जनाउँदै बजारबाट फिर्ता लिने आदेश दिएको हो । दुई साता अघि समेत सरकारले रामदेव कै चार औषधिलाइ गुणस्तरहिन बताउँदै बजारबाट फिर्ता लिने आदेश दिएको थियो ।

सरकारको औषधि व्यवस्था विभाग(डीडीए)ले आवला चुर्ण, दिव्य गैसहर चुर्ण, बकुची चुर्ण, त्रिफला चुर्ण, अश्वगन्धा चुर्ण र अदिव्य चुर्ण माइक्रोवियल परिक्षणमा सफल नभएको जनाउँदै बजारबाट फिर्ता लिने आदेश दिएको हो । डीडीएले यी औषधिहरु सिफारिस, विक्रिवितरण र प्रयोगसमेत नगर्नरनगराउन सबैलाइ अनुरोध गरेको छ ।

विशेष