मुख्य समाचार

नेपाली अपरणगर्न खोज्ने भारतीय डिएसपीलाई बिनाकारबाही छोड्ने तयारी

नेपाली अपरणगर्न खोज्ने भारतीय डिएसपीलाई बिनाकारबाही छोड्ने तयारी


जेठ १९ । डोटीबाट एक नेपालीलाई बन्धक बनाएर लैजाँदै गर्दा डोटीमा पक्राउ परेका भारतीय प्रहरीका डिएसपीसहितको टोलीलाई नेपाल प्रहरीले बिनाकारबाही छोड्ने तयारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी डिल्लीराज विष्टले आफैं स्कटिङ्ग गरेर सीमानाका कटाउन कञ्चनपुरमा रातारात लगिसकेका छन् । केन्द्रको निर्देशनअनुसार पक्राउ परेका भारतीय प्रहरीलाई कञ्चनपुरस्थित महाकाली अञ्चल प्रहरी कार्यालयबाट बुझाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद शर्माले जानकारी दिए ।

बन्धक बनाइएका दिपायल सिलगढी नगरपालिका वडा नं.८ का लालबहादुर आउजीसहित भारतीय प्रहरीका दुई सहयोगीलाई भने डोटीबाट नै छोडिएको बताइएको छ । उनीहरु बिहीबार राति २ बजे आउजीलाई कुटपीट गर्दै बन्धक बनाएर भारत लैजान गइरहेका थिए । स्थानीयले तत्काल प्रहरीलाई जानकारी दिएपछि सिलगढीमा उनीहरुलाई गाडीसहित पक्राउ गरेको थियो ।

बिहीबार दिउँसोसम्म प्रहरीले घटनाबारे सूचना लुकाउन खोजेको थियो । घटनाबारे औपचारिक रुपमा प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद शर्माले आज मात्र जानकारी दिएका हुन् ।

नेपाल प्रहरीलाई भारतीय प्रहरीको उच्च अधिकारीहरुले पक्राउ गरिएका आउजीसहित आफ्ना सहकर्मीहरुलाई छोडिदिन दबाब दिइरहेका थिए ।

विशेष