खेल

अष्ट्रेलिया न्यूजिल्याण्ड भिडन्त, कस्ले जित्ला ?

अष्ट्रेलिया न्यूजिल्याण्ड भिडन्त, कस्ले जित्ला ?


जेठ १९ । आइसीसी च्याम्पियन्स ट्रफीमा आज अष्ट्रेलिया र न्यूजिल्याण्ड बीच खेल हुँदै छ ।

यी दुई बीचको खेल स्थानीय सयम अनुसार विहान १०.३० बजे बाट लण्डनको बगिङघम रंगशालामा हुने छ । दुई पटकको विजेता अष्ट्रेलिया पहिलो खेलमा जित निकाल्ने दाउमा छ भने सन् २००९ मा फाइनमा हारको बदला लिने दाउमा रहेको न्यूजिल्याण्डबीचको खेल निकै रोचक हुने देखिएको छ ।

न्यूजिल्याण्डको कप्तानी केन विलिम्सनले सम्हालेका छन् भने अष्ट्रेलियाको कप्तानी स्टेभ स्मिथले सम्हाल्ने छन् । समुह ए मा रहेका उक्त दुई महारथीको भिडन्त निकै रोचक हुने छ ।

त्यस्तै हिजो भएको समुह ए को खेलमा बंगलादेशलाई ८ विकेटले हराँउदै आयोजक इंग्ल्याण्डले महत्वपूर्ण २ अंक बटुलेको छ ।

विशेष