भारतविरुद्ध खेल्ने टिममा कर्ण लिम्बु परेनन्
जेठ १९ आगामी मंगलबार नेपाल र भारतबीच हुने मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि २० सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ ।
एएफसी एसिया कप २०१९ को छनोट अन्तर्गत भारतको मुम्बईमा नेपाल र भारतबीच मैत्रीपूर्ण खेल हुँदैछ ।
भारतसँगको मैत्रीपूर्ण खेलका लागि एएफसी कप छनोट अन्तर्गत फिलिपिन्स विरुद्ध खेलेको टोलीमा केही परिवर्तन गरिएको छ । फिलिपिन्सविरुद्धको खेलमा समावेश नभएका विमल बस्नेत र हेमन्त थापा मगर भारतविरुद्ध खेल्ने टोलीमा छनौट भएका छन् ।
त्यतिबेला चोटका कारण फिलिपिन्स नगएका फरवार्ड नवयुग श्रेष्ठ भारतविरुद्ध मैत्रीपूर्ण खेल्ने टोलीमा समावेश छन् ।
फिलिपिन्सविरुद्ध खेलेका दुई डिफेण्डर रविन श्रेष्ठ र रन्जित धिमाल भने टिम परेनन् । यस्तै मिडफिल्डर विक्रम लामा, र फरवार्ड कर्ण लिम्बु पनि टिममा छैनन् ।
भारतको मुम्बईस्थित अँधेरी स्पोट्र्स कम्प्लेक्समा हुने खेलका लागि नेपाली टोली आइतबार भारत प्रस्थान गर्नेछ ।
भारतविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोली यस्तो छः
- गोलकिपरः विकेश कुथु, विशाल श्रेष्ठ, किरण कुमार लिम्बु
- डिफेण्डरः विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, विमल बस्नेत
- मिडफिल्डरः रोहित चन्द, विशाल राई, हेमन गुरुङ, अन्जन विष्ट, सुजल श्रेष्ठ, सुमल लामा
- फरवार्डः विमल घर्ती मगर, भरत खवास, हेमन्त थापा मगर, नवयुग श्रेष्ठ
- मुख्य प्रशिक्षकः ग्योतोकु कोजी
- प्रशिक्षकः राजुकाजी शाक्य
- गोलकिपिङ प्रशिक्षकः उज्जवल मानन्धर