इतिहासमा आज

आज विश्व योग दिवस

आज विश्व योग दिवस

असार ७ । आज विश्व योग दिवस । नेपालमा पनि योग तथा आध्यात्मको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दोस्रो ‘विश्व योग दिवस’ मनाउन लागिएको हो ।

योगको महत्वलाई दृष्टिगत गर्दै संयुक्त राष्ट्रसंघले दुई वर्षदेखि हरेक वर्ष जुन २१ मा विश्व योग दिवस मनाउने घोषणा गरेको थियो । यूनेस्कोले समेत योगलाई आफ्नो अभौतिक सांस्कृतिक सम्पदाको रुपमा सन् २०१६ मा दर्ता गरेको छ ।

नेपाल योग एसोसिएसन र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा अहिले विहान ५ बजेदेखि ७ बजेसम्म काठमाडौंको भृकुटीमण्डपमा योगाभ्यास गरेर यो दिवस मनाइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले योग दिवसको शुभारम्भ गरेका थिए । योग गर्न समाजका विभिन्न क्षेत्रका सयौं मानिस भृकुटीमण्डप पुगेका थिए । योगको अर्थ जोड्नु हो । योग एक विशेष क्रिया हो, योगक्रियाले मानिसको चेतना र शरीरबीचको सम्बन्धलाई जोड्ने काम गर्दछ ।

मन र मस्तिष्कको सम्बन्धलाई योग भनिने र योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमताको समेत वृद्धि हुने विश्वास गरिएको छ । योगलाई ध्यानको आधार मानिन्छ, शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्यता जस्ता योगका अनेकौं आयाम छन् ।

हजारौं वर्ष पहिले पतञ्जली नामका ऋषिले शुरुवात गर्नुभएको योगमा १९५ वटा योगसूत्र समाहित छन् । योगसूत्रको श्रेय भने आदियोगी भगवान् शिवलाई नै दिइन्छ ।

विशेष