प्रवास

‘नासा’को अध्यक्षमा ढकालको उम्मेदवारी घोषणा

दक्षिण–पुर्वी अमेरिकामा बसोबास गर्ने नेपालीहरुलाइ चुनाव लाग्याे

‘नासा’को अध्यक्षमा ढकालको उम्मेदवारी घोषणा

असार –७ । दक्षिण–पुर्वी अमेरिकामा बसोबास गर्ने नेपालीहरुको संगठन ‘नेप्लिज एसोसिएसन इन साउथ–इस्ट’ (नासा)को अध्यक्षमा प्रख्यात व्यवसायी एवंम समाजसेवी माधव ढकालले उम्मेदवारी घोषणा गरेका छन् । 

नासामा २० वर्षदेखि सक्रिय ढकालले दुई कार्यकाल ‘बोर्ड अफ डाइरेक्टर’का रुपमा काम गरिसकेका छन् । सन् २०१५ मा सम्पन्न सम्मेलनमा मुख्य संयोजकको भूमिका समेत ढकालले निर्वाह गरेका थिए ।

नासाको संगठन विस्तार र संस्थागत सुधारमा महत्वपूर्ण योगदान दिएका ढकालले वर्तमान कार्यसमितिको बहुसंख्यक सदस्यहरुको आग्रहमा नै आपूmले उम्मेदवारी दिन लागेको जानकारी दिए । उनले भने, ‘मलाइ संगठन भित्रका अधिकांस साथीहरुले अध्यक्षको प्रत्यासी बन्न आग्रह गर्नु भयो । साथीहरुकै सदिक्षाले उम्मेदवारी दिन लागेको हुँ ।’

आफूले विगतमा नासाका लागि दिएको योगदानको मूल्यांकन आगामी निर्वाचनमा हुने आशा ढकालले व्यक्त गरे ।
आगामी सेप्टेम्बर १ देखि ३ तारिखसम्म नर्थ क्यारोलीनामा हुने सम्मेलनका लागि ढकालले यसअघि नै आफ्नो प्रतिवद्धताहरु पनि सार्वजनिक गरिसकेका छन् ।

संस्थामा देखिएको राजनीतिक प्रभाव अन्त्य गर्ने, नयाँ पुस्तामा नासाको आकर्षण बढाउने, सस्थामा अवद्ध सदस्यहरुको आर्थिक समाजिकक विकासका लागि विशेष कार्यक्रम लागू गर्ने उनको प्रतिबद्धता छ ।

विगत २५ वर्षदेखि नर्थ क्यारोलीनाको ग्रिनसबोरोमा बस्दै आएका ढकाल पेशाले ब्यांकर हुन् भने उनको हाउजिंङ, रेष्टुरेन्ट, ग्यास स्टेसन लागायतका व्यवसायमा पनि संलग्नता छ । ‘लेबर डे’ मा हुने सम्मेलनको लागि नासाले शौभाग्यलाल श्रेष्ठको नेतृत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरिसकेको छ ।

विशेष