मनोरञ्जन

यी हुन् सात वर्षदेखि इदमा रिलिज भएका सलमानका सात सुपरहीट फिल्म

यी हुन् सात वर्षदेखि इदमा रिलिज भएका सलमानका सात सुपरहीट फिल्म


असार ८ । भोली शुक्रबार अर्थात जुन २३ मा बलिउड अभिनेता सलमान खानको बहुप्रतिक्षित फिल्म ‘ट्युबलाइट’ रिलिज हुन गइरहेको छ ।

पछिल्लो केही वर्षयता सलमान आफ्ना फिल्म इदको अवसरमा रिलिज गर्दै आएका छन् । इदमा अहिलेसम्म उनका सात फिल्म रिलिज भइसकेका छन् । ती सातैवटा फिल्म बक्सअफीसमा ब्लकबस्टर रहेका छन् । यी हुन् उनका अहिलेसम्म इदमा रिलिज भएका फिल्म ।

वान्टेड — सन् २००९ को इदको अवसरमा सलमान खानको पहिलो फिल्म ‘वान्टेड’ रिलिज भएको थियो । ५२ करोडको बजेटमा बनेको यस फिल्मले ९३ करोडको व्यापार गरेको थियो ।

बसरंगी भाइजान — कुल बजेट १२५ करोडको लागतमा बनेको फिल्मले विश्वभर ६०३ करोडको व्यापार गरेको थियो ।

किक — १४० करोडको लागतमा बनेको फिल्म ‘किक’ ले विश्वभर ३५१ करोड कमाइ गरेको थियो ।

एक था टाइगर — ९२ करोडको लगातमा बनेको यस फिल्मले बक्स अफीसमा ३०८ करोडको व्यापार गरेको थियो ।

बडिगार्ड — यस फिल्म ७० करोडको लगातमा बनेको थियो । बक्सअफीसमा भने २३४ करोडको व्यापार गर्न सफल भयो ।

दबंग — फिल्म ‘दबंग’ ४१ करोडको लगातमा बनेको थियो । फिल्मले कमाई भने २१९ करोडको गरेको थियो ।

सुल्तान — गत वर्षको इदमा रिलिज भएको फिल्म सुल्तान १४५ करोड बजेटमा बनेको थियो । फिल्मले विश्वभर ५८१ करोडको व्यापार गर्न सफल भयो ।

 

विशेष