मनोरञ्जन

श्रीदेवीलाई छोरीहरु बलिउडमा प्रवेश गर्नुभन्दा पनि विवाह गरेर घरबार बसाल्नु ठिक

श्रीदेवीलाई छोरीहरु बलिउडमा प्रवेश गर्नुभन्दा पनि विवाह गरेर घरबार बसाल्नु ठिक

असार ८ । बलिउड सुपरस्टार श्रीदेवीले छोरीहरुका बलिउड करियबारे रमाइलो प्रसंग साटेकी छिन् । कतिपय पुराना बलिउड कलाकारहरुले आफ्ना छोरा छोरीलाइ बलिउडमा डेब्यु गराइरहँदा श्रीदेवी भने यसको पक्षमा छैनन् ।

आफ्ना दुई छोरी जानभी र खुशीको करियरको विषयलाई लिएर श्रीदेवी निकै सतर्क छिन् । एक अन्तवार्तामा बोल्दै उनले आफ्नी जेठी छोरी जानभीलाई बलिउडमा प्रवेश गराउने पक्षमा नभएको बताएकी छिन् । यस्तो भन्दा फिल्म उद्योग नराम्रो क्षत्र नभएको प्रष्ट्याउँदै उनले एक अभिभावक भएको नाताले आफ्नो छोरीको विवाह भएको हेर्न पाउने नै बढि खुशीको खबर हुने बताइन् ।

यदि छोरीले बलिउडमा प्रवेश गरेर राम्रो काम गर्न सके पनि आफू खुशी हुने उनले बताइन् । यतिबेला श्रीदेवी आप्mनो आउँदो फिल्म ‘मम’ को प्रचामा व्यस्त छिन् । उनकी छोरी जानभीलाई बारम्बार फिल्म ‘स्टुडेन्ट अफ दी यियर २’ मा अफर गरिएको खबरहरु मिडियामा बेलाबेलामा छाउने गर्छन् ।

sridevi daughters

विशेष