समाज

पुस्ताैँदेखि घर धन्दामा सिमित जुनीचाँदेका महिलाहरु सिलाई-कटाई उद्योग सञ्चालन गर्ने योजना बनाउँदै

पुस्ताैँदेखि घर धन्दामा सिमित जुनीचाँदेका महिलाहरु सिलाई-कटाई उद्योग सञ्चालन गर्ने योजना बनाउँदै

असार - ८ । पुस्ताैँदेखि घर धन्दामा सिमित रहेकी जुनीचाँदे गाउँपालीकाकी महिलाहरु यतिवेला सिलाईकटाई उद्योग सञ्चालन गर्ने सोचमा पुगेकी छन् । तीन महिने सिलाई कटाई आधारभुत सिप विकास तालिम पाएपछि जुनीचाँदे गाउँपालिका–४ लुहादहकी महिलाहरुले परम्पराको घेरालाई तोडेर उद्योग सञ्चालन गर्ने सोचमा पुगेकी हुन् ।

तीन महिना सम्म सञ्चालन भएको आधारभुत सिलाई कटाई तालिमवाट आफुहरु कपडा नाप्न सक्ने, काट्न सक्ने र सिलाउन सक्ने भैसकेको हुदा घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा उद्योग दर्ता गरेर व्यबसायिक रुपमा सिलाई कटाईमा लाग्ने पाथीभरा सिलाई कटाई लघु उद्यम समुहकी सचिव कविता खड्काले वताईन् । ढिक्की, जाँतो, चुलो, चौको जस्ता घरधन्दामा सिमित रहेकी दिदी बहिनीहरु मिलेर सामुहिक रुपमा उद्योग सञ्चालन गरेर समाजका अगाडी नमुना प्रस्तुत गर्ने सोचमा आफुहरु रहेको सचिव खड्काको भनाई रहेको छ ।

नेपाल सरकार तथा उद्योग मन्त्रालय र घरेलु तथा साना उद्योग विकास समितिको आर्थिक सहयोग, एभरेष्ट क्लव दैलेख र पहाडी क्षेत्र विकास अभियान जाजरकोटको प्राविधिक सहयोगमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमवाट आफुहरुले पाएको तीन महिने सिलाई कटाई आधारभुत सिप विकास तालिमवाट कुर्ता, सुरुवाल, म्याक्सी, पेटीकोट, वुलावज, मेड्डी, सट लगाएतका १२ प्रकारका कपडाहरु सिलाउन सक्ने भएको पाथीभरा सिलाई कटाई लघु उद्यम समुहकी सदस्य लिला कुमारी खड्काले जानकारी दिईन् ।

उक्त तालिममा जम्मा २१ जनाले भाग लिएको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अधिकृत लोकबहादुर बोकटीले जानकारी दिए । २१ जना सहभागी मध्य १५ जना महिला र ६ जना पुरुष रहेको अधिकृत बोकटीले वताए ।

घरेलु तथा साना उद्योग विकास समितिको काम गर्ने व्यक्तिहरुका लागि दुनो भैसी जस्तै नियमित श्रोत भएको वताउदै घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय, जाजरकोटकी उद्योग अधिकृत इन्द्रिरा भुषाल भनिन्–“घरेलु तथा साना उद्योग विकास समितिले पहिला तपाईहरुलाई तालिम दिन्छ, त्यसपछि तपाईहरुको उद्योगलाई दर्ता गरिदिन्छ र अन्तमा तपाईहरुको उद्योगलाई प्रविधी पनि दिन्छ ।”

उद्योग मन्त्रालयले घरेलु तथा साना उद्योग विकास समिति मार्फत स्थानिय साधनश्रोत र सिपको उपयोग गरि आय आर्जनलाई वृद्धी गर्न गत बर्षदेखि जाजरकोटमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम र यस बर्ष देखि भगत सर्वजीत कार्यक्रम सञ्चालन भएको अधिकृत भुषालले जानकारी दिईन ।

यस बर्ष जाजरकोट जिल्लाको रोकायगाउँ, पैंक, मजकोट र दहमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन भैरहेको घरेलु तथा साना उद्योग विकास समिति, जाजरकोटले जनाएको छ । आधारभुत सिलाई कटाई सिप विकास तालिम रोकायगाउँ र मजकोटमा, तरकारी तथा नगदेवाली सिप विकास तालिम पनि रोकायगाउँ र दहमा, अल्लो संकलन तथा प्रशोधन तालिम पैंक र दहमा, आधारभुत सिस्नु पाउडर सिप विकास तालिम पैंकमा र आधारभुत मौरीपालन सिप विकास तालिम मजकोटमा सञ्चालन गरिएको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अधिकृत लोकबहादुर बोकटीले जानकारी दिएका छन् ।

विशेष