मनोरञ्जन

‘छक्का पञ्जा २’ मा प्रियंकाका प्रेमी आयुष्मान पनि देखिने

‘छक्का पञ्जा २’ मा प्रियंकाका प्रेमी आयुष्मान पनि देखिने

असार ८ । यतिबेला नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको प्रेमको हल्लाले नेपाली सञ्चार माध्यम गरमाएको छ । नायक आयुष्मान पनि प्रियंका अभिनित फिल्म ‘छक्का पनजा २’ मा काम गरेको हल्लाले यतिबेला बजार पिटेको छ ।

खबरअनुसार आयुष्मानको फिल्म ‘छक्का पन्जा २’ मा गेष्ट रोल रहेको छ । उनीमात्र नभएर यस पटक ‘छक्का पन्जा २’ मा धेरैजनाको गेष्ट रोल रहेको छ । यस फिल्ममा आयुष्मानको भूमिकाले फिल्मको प्रचारलाई पनि धेरै सहयोग मिल्न सक्ने अनुमान लगाइएको छ ।

प्रियंका र आयुष्मानको जोडी फिल्म ‘कथा काठमाडौँ’ मा पनि जम्ने भएको छ । फिल्म ‘छक्का पन्जा २’ को केही दिनअघिमात्र सुटिङ सकिएको हो । फिल्ममा स्वस्तीमा खड्का र स्वरुपपुरुषको मुख्य भूमिका रहेको छ ।

यसका साथै फिल्ममा दिपकराज गिरी, प्रियंका कार्की, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, बुद्धि तामाङ, किरण केसी, वर्षा राउत, निश्चल बस्नेतलगायतका कलाकारहरुकोसमेत अभिनय रहनेछ ।

विकासराज आचार्यको निर्माणमा बन्न लागेको उक्त फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गर्दै छिन् । यसअघि फिल्म ‘छक्का पन्जा’ ले सय दिन मनाउँदा १७ करोडको व्यापार गर्न सफल भएको थियो ।

विशेष