समाज

चप्पल कारखानामा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

चप्पल कारखानामा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

असार - ८ । काठमाडाैँकाे चप्पल कारखानास्थित सडकखण्डमा दुर्इवटा मोटरसाइकल एकअापसमा ठोकिदा एक जनाको मृत्यु भएकाे छ । मोटरसाइकल चालक काठमाडाैँको खुमलटारका २० वर्षीय क्षतिज निराैलाको मृत्यु भएकाे हो ।

चप्पल कारखानाबाट चण्डोलतर्फ आउँदै गरेको बा २३ प १७०९, को २९ प ५४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको ना १४ प ३४७५ नम्बरको मोटरसाईकलहरु एक आपसमा ठोकिदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा शिक्षण अस्पतालमा १८:०० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

 

विशेष