प्रवास

साउदीमा दुई नेपालीको मृत्यु

साउदीमा दुई नेपालीको मृत्यु

असार ८ । साउदी अरबको जुवेलस्थित एक ग्यास प्लान्टको विषक्त ग्यास नष्ट गर्ने क्रममा दुई नेपालीको ज्यान गएको छ ।

ग्लोबल इन्धाइरोमेन्टल सर्भिस कम्पनीमा कार्यरत दिक्तेल १ खोटाङका ४३ बर्षीय बालकृष्ण बस्नेत र दाङका झवेन्द्रप्रसाद बन्जाडेको जुन १८ मा मृत्यु भएको नेपाली दूतावासले जनाएको छ ।

बस्नेतको घटनास्थलमै र बन्जाडेको अस्पताल लैजाने क्रममा बाटैमा ज्यान गएको हो ।

कान्तिपुर

विशेष